पाँच वर्षका बालक अपहरणमा परेपछि जिल्ला भर स्कूल बन्द


मिथिलेश यादव, राजविराज, फागुन ११- सप्तरीको राजविराजबाट अपहरित पाँच वर्षीय बालकलाई मुक्त प्रहरी प्रशासन असफल भएको भन्दै सप्तरी जिल्ला भरका शैक्षिक संस्था बुधवार बन्द गरिएको छ।राजविराजस्थित गौतम शिशु निकेतनमा नर्सरी अध्यनरत ५ वर्षीय बालक आयुष साह सोमबार अपहरणमा परेका हुन्।

दुई दिन बितिसक्दा पनि अपहरित बालकबारे कुनै सुराक फेला नपारेको विरोधमा यहाँस्थित शैक्षिक संघ संगठन आन्दोलनमा उत्रेका हुन्। नेपाल शिक्षक युनियन सप्तरीका अध्यक्ष भोगेन्द्रप्रसाद यादवका अनुसार, मंगलबार जिल्लाका प्रशासन प्रमुख र प्रहरी प्रमुखलाई ज्ञापन पत्रमार्फत् बालक मुक्त गराउन २४ घण्टे अल्टिमेटम दिए पनि प्रहरी प्रशासनबाट चित्तबुझ्दो जवाफ नआएपछि शैक्षिक संस्था बन्द गरी आन्दोलनमा उत्रनु परेको हो।
सप्तरी प्रहरी प्रमुख भोगबहादुर थापाले अपहरित बालकको खोजीका लागि सिमापारिमा समेत सुरक्षाकर्मीको टोली परिचालन गरिएको बताए।

बालक स्कुलबाट राजबिराज ५ स्थित घर फर्कँदै गर्दा मोटरसाइकलमा आएका ब्यक्तिहरुबाट अपहरित भएका हुन्।

 source:-nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login