परिचयको सुटिङ नेपालमा


मुम्बई, फाल्गुन ११ - भारतीय फिल्म नगरीका रहेकाहरूले बनाउन लागेको नेपाली फिल्म 'परिचय' को सुटिङ नेपालमा हुने भएको छ । त्यसका लागि अभिनेत्री मोनिका बेदी बुधबार काठमाडौं पुग्दै छिन् । 
हिन्दी फिल्महरूमा खेल्दाखेल्दै भारतीय डन अबु सलेमसँग विवाह गरेकी मोनिकालाई केही वर्षअघि भारत सरकारले सलेमसँगै विदेशबाट सुपुर्दगी गराएको थियो । उनी त्यसयता फेरि फिल्ममा देखिन थालेकी हुन् । 'परिचय' उनको पहिलो नेपाली फिल्म हुनेछ, सेलिब्रेटिज स्टारडस्टको ब्यानरमा मुम्बईबाटै निर्माण हुन लागेको हो ।
निर्देशक आकाश पाण्डेका अनुसार मोनिका करिब तीन साता नेपालमा रहनेछिन् । काठमाडौंमा एकदुई दिन बसेपछि सुटिङ युनिट पोखरा जानेछ । 'पोखरामा २५ दिनजति सुटिङ गरेपछि बैंकक जानेछौं,' पाण्डेले भने, 'बैंककमा पनि सुटिङ छ ।'
पहिलोपटक नेपाली फिल्ममा काम गर्न पाउँदा निकै खुसी लागेको मोनिकाले बताइन् । 'नेपालको नाम मात्रै सुनेकी थिएँ,' उत्साहित हुँदै उनले कान्तिपुरसँग भनिन्, 'जाने मौका पनि मिल्यो ।' उनले 'परिचय' को कथावस्तु मन परेको र नेपाल घुम्ने आफ्नो इच्छा पूरा हुने भएकाले पनि  नेपाली फिल्ममा अभिनय गर्न राजी भएको बताइन् ।
'परिचय' मा निखिल उप्रेती पनि मुख्य भूमिकामा रहनेछन् ।
source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login