प्रहरी समयमै नपुगेको भए...


केपी ढुंगाना, काठमाडौं, फागुन ११- धन्य महानगरीय आयुक्त कार्यालयको 'सिआरबी भ्यान' नजिकै थियो। भ्यानमा बसिरहेका प्रहरीले स्काइभेटरमा लागेको आगो नदेखेको भए एकजना निर्दोष कर्मचारी आपराधिक समूहको निर्ममताबाट निमेषभरिमै मारिने थिए।
घटना मंगलबार अपरान्ह दुई बजेतिरको हो। बसुन्धराको श्रीटोलस्थित ह्याबिट्याट हाउजिङले प्रयोग गरिरहेको स्काइभेटरका ड्राइभर यादव सिलवाल त्यसभित्र सुतिरहेका थिए। आपराधिक समूहका सदस्यहरू कर्मचारीलाई भित्रै राखेर मार्न सम्भवतः पेट्रोल छर्किंदै आगो झोस्न लाग्दासम्म वरिपरि कसैले भेऊ पाउन सकेको थिएन।
आगो ह्वारह्वार्ती बल्न थालेपछि प्रहरी पुगेर स्काइभेटरभित्र रूँदै कराउँदै शीशाको झ्यालमा हानिरहेका सिलवाललाई प्रहरीले त्यही शीशा फोडेर बाहिर निकाले। दुबै हात र टाउको डढेर गम्भीर घाइते भएका सिलवालको वीर अस्पतालमा उपचार भइरहेको छ। 'म भित्र सुतिरहेको थिएँ, एक्कासि बाहिर आगो देखेँ,' उनले वयानमा भनेका छन्, 'केही समयमै प्रहरीले शीशा फुटाएर बाहिर निकालेर मलाई जोगाए।'
महाराजगञ्ज वृत्तका प्रमुख डिएसपी दीपक थापाले प्रारम्भिक अनुसन्धानबाट महाराजगञ्ज क्षेत्रमा संगठित अपराधमा सक्रिय चक्रे भनिने मिलन गुरूङ समूहले हाउजिङका लगानीकर्ताहरूसँग जवर्जस्ती रकम माग गरेको खुल्न आएको जानकारी दिएका छन्। लागुऔषध र हतियारको अभियोगमा चक्रे कारागारमा छन्।
प्रहरीले हाउजिङसँग रकमको मोलमोलाई गर्दै आएको समूहका चार जनालाई 'टेलिफोन रेकर्डका आधारमा' मंगलबारै पक्राउ गरेको छ। तिनको नाम प्रहरीले सार्वजनिक गरेको छैन। घटनामा संगठित समूह संलग्न देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरोले समेत अनुसन्धान सुरू गरेको छ।
प्रहरीका अनुसार मंगलबार दिउँसो २ बजे उक्त निर्माणाधीन हाउजिङले बज्रपती कन्स्ट्रक्सन कम्पनीको बा १ ख ५५०० नम्बरको स्काईभेटर प्रयोग गरेको थियो। कन्स्ट्रक्सनका अमिर खुलालका अनुसार पाँच दिनअघि उक्त हाउजिङले स्काईभेटर भाडामा लिएको थियो।
'स्काईभेटर कुर्न कर्मचारी समेत राखेका थियौं, कसैले आगो लगाइदिएछ,' उनले भने।
प्रहरीका अनुसार केही समयअघि चक्रे समूहले हाउजिङका सञ्चालकलाई फोनमार्फत २ करोड रूपैया माग गरी रकम नदिए हाउजिङको काम हुन नदिने भन्दै धम्क्याएका थिए। सञ्चालकले रकम दिन नसक्ने बताएपछि उनीहरूले माग घटाएर एक करोड बनाएका थिए। त्यो पनि दिन नसकिने बताएपछि उनीहरूले हाउजिङमै पुगेर माटो सम्याइरहेको डोजरको चाबी खोसेर नियन्त्रणमा पनि लिएका थिए।

'केही दिनअघि हाउजिङको १५ प्रतिशत शेयर नदिए ठीक हुन्न भन्दै सञ्चालकलाई फोन गरेको देखियो' डिएसपी थापाले भने, 'अबैध माग पुरा नगरेको भन्दै तर्साउन स्काईभेटर जलाएको देखिन्छ।'
उपत्यकामा हाउजिङ कम्पनीहरूबाट रकम उठाउने संगठित समूहहरूमध्ये बाहिर आएको यो घटना मुख्य भएको प्रहरीहरूले बताएका छन्। 'प्रहरी भ्यान नजीकै नभएको भए त ती ड्राइभरको ज्यानै जाने रहेछ,' एक प्रहरी अधिकृतले भने, 'यो घटना निर्ममताको पराकाष्ठा हो।'

source:-nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login