काठमाडौ, फाल्गुन १४ - नेपालमा खानामा बेसारको प्रयोग व्यापक रूपले गरिन्छ । यसले एन्टिबायोटिकको काम गर्ने मान्यता रहँदै आएको छ । अखिल भारतीय आयुर्विज्ञान संस्थान -एम्स) का अनुसन्धानकर्ताहरूका अनुसार बेसारले एन्टिबायोटिकको काम मात्र गर्दैन, छारे रोगले पीडितहरूका लागि औषधिको काम पनि गर्छ ।
बेसारमा भएको एन्टिआक्सिडेन्ट तत्त्व छारे रोग हटाउन, तनाव घटाउन र स्मरणशक्ति बलियो बनाउनमा समेत प्रभावकारी हुन्छ । प्रा. केएच रिताका अनुसार छारे रोग उपचारका लागि 'सन्ट एपिलेप्टिक ड्रग थेरापी' उपयोग गरिन्छ । यसले डीएनएको मोलिक्युल क्षतिग्रस्त हुन्छ । तर बेसारको उपयोगले यो औषधिको साइड इफेक्ट कम हुन्छ । बेसारलाई अन्य औषधिसँग मिलाएर उपयोग गर्न
सकिन्छ ।
source:-kantipur









0 commentaires