काठमाडौ, फाल्गुन १४ - दिनहुँ एक ग्लास दूधको सेवनले क्यान्सरको आशंका एकदमै कम हुन्छ । न्युजिल्यान्डस्थित वर्ड क्यान्सर फन्डका वैज्ञानिकहरू सयौं विद्यार्थीको स्वास्थ्यमा दूधको फाइदा आँकलन गरेपछि यो नतिजामा पुगेका हुन् ।
उनीहरूले के पाए भने जो व्यक्ति किशोरावस्थामा नियमित दूध खान्छन्, उनीहरूलाई वयस्क अवस्थामा आन्द्राको क्यान्सर हुने सम्भाबना ४० प्रतिशतसम्म कम हुन्छ । यसले क्यान्सर रोगीहरूमा किमोथेरापीको साइड इफेक्टसमेत कम हुन्छ ।
अनुसन्धानकर्ता प्रो. ब्रायन काक्सका अनुसार दूध र दुग्ध उत्पादनमा क्याल्सियम ठूलो परिमाणमा हुन्छ । यो तत्त्व आन्द्राको क्यान्सरसहित थुप्रै रोगबाट बचाउमा प्रभावकारी छ ।
प्रो. काक्सले केसम्म भनेका छन् भने ६ वर्षसम्म नियमित रूपमा एक गिलास दूध खाए भविष्यमा आन्द्राको क्यान्सर हुने सम्भावना आधाभन्दा
पनि कम हुन्छ । यसबाहेक नियमित व्यायाम र रक्सीबाट दूरी पनि क्यान्सर बचाउमा महत्त्वपूर्ण छ ।
source:-kantipur









0 commentaires