काठमाडौ, फाल्गुन १४ - पशुपति राममन्दिरमा पुग्दा ५० वषर्ीय साधु सन्त केवल गिरीलाई कानमा रेडियो थापेर विन्दास घुमिरहेको देख्न सकिन्छ । उनी परिचित र अपरिचित सबैलाई हात हल्लाउँदै भन्छन्, 'जय भोले, सबैको कल्याण होस् ।'
यी बनारसी साधुले पाँच वर्षदेखि महाशिवरात्रिको अवधि पशुपतिमै बिताइआएका छन् । 'महाशिवरात्रिमा पशुपतिको दर्शन भएन भने त सबै तीर्थयात्रा अधुरो हुन्छ', उनी
भन्छन्, 'हामीजस्ता जोगी नआए भूतनाथको महाआराधनाको रात्रिमा रमाइलो पनि त हुन्न नि ।' केही दिनअघि आइपुगेका उनको दैनिकी पशुपति क्षेत्र घुम्दै र धुनी लगाउँदै बित्ने
गर्छ । 'केही दिन साँखु साली नदीमा पनि बिताए । भन्छन्, 'महाशिवरात्रि सक्नेबितिकै र्फकन्छु ।'
उक्त मन्दिरको द्वार नाघेर अघि बढेपछि रुखमा पिङ बाँधेर शरीर अड्याइरहेका साधु हनुमान दास भेटिन्छन् । थुप्रै अनुयायीकासाथ दस दिनअघि भारतको पन्जावबाट उनी आइपुगेका हुन् । उनलाई सबैले झुले बाबा -खडे बाबा)
भन्छन् । पृथक जीवनशैलीले गर्दा उनलाई हेर्नेको त्यहाँ भीड लाग्ने गरेको छ । सात वर्षदेखि उनी निरन्तर पशुपतिमा आइरहेका छन् । 'भगवान शिवको जीवनको यो ठूलो दिन हो', उनी भन्छन्, 'उनको यो दरबारमा आउने मनबाटै चाहना जाग्छ, महासाधुको महापूजामा यो साधु कसरी छुट्न सक्छ र ।'
१२ वर्षसम्म उभिएर तपस्या गर्ने सपथ लिएका उनले चार वर्ष पूरा गरिसके । आफू पुगेको भारतको दस स्थलमा मठ बनाएका छन् । 'म विहारको मोतीहारी मठका अनुयायीलाई लिएर सिधै पशुपति आएको छु', उनले भने, 'शिवभूमि नेपालमा पनि एक मठ बनाउने चाहना छ ।'
महाशिवरात्रिसँग जोडिएको पौराणिक एवं धार्मिक मान्यताले पनि पाहुना र भक्तजन पशुपतिको दर्शन गर्न ओइरिन्छन् । हिन्दु धर्ममा सुखरात्रि -लक्ष्मीपूजा), कालरात्रि -महाअष्टमी) र मोहरात्रि -श्रीकृष्ण जन्माष्टमी) झैं महाशिवरात्रिको आफ्नै महत्त्व छ । फागुन महिनाको कृष्णपक्ष चतुर्दशीको मध्यरातमा शिवलिङ्ग अर्थात् ज्योतिर्लिङ्गको रूपमा भगवान शंकर धरतीमा प्रकट हुने धार्मिक आस्था छ । यही आस्थाले पशुपति भित्रिएका साधुको भीडमा पुरानामात्र नभएर नयाँ अनुहारहरू पनि उल्लेखनीय देखिन्छन् । भारतको गुजरात गिरनारबाट पहिलोपटक महाशिवरात्रिमा सहभागी हुनआएका पर्वत गिरीलाई धुनीको आडमा सर्को तान्दै शिवमहिमा सुनाइरहेको भेट्टाइन्छ ।
वर्षौंदेखि यो देव भूमिबारे थुप्रै जिज्ञासा रहँदै आएकोले त्यसलाई शान्त पार्न आएको उनले बताए । साधु पर्वतले संसारभरिका ठलठूला हिन्धु धामहरूझैं पशुपतिको स्थान भएको बताए । पाँच दिनअघि यहाँ पाइला टेकेका उनको दिनचर्या शिवरात्रिको दिन कुर्दै बितिरहेको छ । उनको समय बिताउने मेलो पनि एक भक्तजनले दिएको चिनियाँ रेडियोबाट गीत सुन्नु हो । भारतको केदारनाथमा भगवान शंकरको शरीरको मुनिको भाग र माथिल्लो भाग पशुपतिमा रहेको विश्वासका कारणले पनि यहाँ नआई दर्शन पूरा नहुने उनले बताए ।
धार्मिक आस्थाअनुरूप पशुपतिलाई तेहं्रौं ज्योतिर्लिङ्ग र भूतनाथसमेत मानिन्छ ।
पशुपति दर्शन नगरी पृथ्वीलोक त्याग्न नपरोस् भन्ने भित्री चाहनाले उनलाई यहाँसम्म ल्यायो । तर वागमतीमा देखिएको फोहोरले कुम्भ मेलामा झैं शाहीस्नान गर्ने चाहना पूरा नहुने देखेर उनी दुखित छन् । भ्न्छन्, 'कुम्भमा झैं यहाँ पनि स्नान गर्न पाए, मेरो मोक्ष र मुक्तिको यात्रा पूरा हुन्थ्यो ।'
महाशिवरात्रिको केही दिन बाँकी छँदै उनीझैं पशुपति क्षेत्रको पन्ध्र शिवालय, श्लेषमान्तक वन र विश्वरूपा मन्दिर क्षेत्रमा साधुहरूको 'जय भोले'को आवाज गुञ्जिरहेको छ । भारतमा यसपटक कुम्भ मेला सकिएको र शिवरात्रिको तिथि ढिलो परेकोले ठूलो संख्यामा साधुहरू पशुपति प्रवेश गरिसकेका छन् । उनीहरूलाई हेर्न भक्तजन र पर्यटक पनि उत्तिकै पुगिरहेका छन् । 'हामी पनि बाबाको कला हेर्न आएका हौं, शिवरात्रिसम्म काठमाडांै बस्छौं, त्यसपछि पोखरा जान्छौं', बाबालाई नियाल्दै बसेका एक प|mान्सेली जोडीले भने ।
पशुपति क्षेत्र विकास कोषका अनुसार शुक्रबारसम्म झन्डै ८ सय ५० साधु आइपुगेका छन् । राममन्दिरस्थित भागवत सन्न्यास आश्रम र अन्नपूर्ण भण्डारले साधुहरूलाई भोजन गराउँदै आएको छ । आश्रमका सेवक ध्रुव मिश्रका अनुसार साधुको आगमन बढ्न थालेपछि चैत १ देखि भोजन खुवाउन थालिएको हो । पशुपति क्षेत्र विकास कोषले शिवरात्रिको तीन दिनअघि र गुठी संस्थानले दुई दिन अघिदेखि मात्र साधुसन्तका लागि खाना र दाउराको व्यवस्था गर्छ । योभन्दा अघि आउने साधुसन्तहरू आश्रम र भण्डारले
दिएको भोजनमा आश्रति हुन्छन् । जोगीको ताँती हेर्दा महाशिवरात्रिका दिनसम्म यो संख्या हजारलाई नाघ्ने कोषले अनुमान गरेको छ । गतवर्ष यो संख्या ३ सयमा सीमित
थियो । भोजनका लागि वितरण गर्ने पत्रको आधारमा आश्रमले साधुको संख्या निर्धारण गर्छ । पशुपतिमा स्थायी रूपले आश्रय लिएका २५/३० साधु बाहेकका सबै महाशिवरात्रिका लागि आएको कोषले जनाएको छ ।
source:-ekantiur









0 commentaires