बीपीका प्राविधिकहरु अवैधानिक


त्रिभुवन विरही
विजयपुर÷ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३० जना कर्मचारीलाई अवैधानिकरुपमा नियुक्त गरेर काम लगाइएको तथ्य फेला परेको छ । प्रतिष्ठानका उपकुलपति, रजिष्ट्रार, अस्पताल निर्देशकलगायत्का पदाधिकारीले स्वास्थ्य प्राविधिकहरु अवैधानिकरुपमा नियुक्त गरेको तथ्य मङ्गलबार फेला परेको हो । 
मङ्गलबार नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले गरेको छड्के जाँचका क्रममा यस्तो तथ्य फेला परेको हो । परिषद्का अध्यक्ष डा. हरि लम्सालले प्रतिष्ठानमा गरिएको छड्के जाँचको क्रममा ३० जना प्राविधिक अवैधानिक पाइएको जनाए । ‘६० जना प्राविधिकको फायल हेर्दा ३० जना अदक्ष प्राविधिकलाई गैरकानुनी प्रक्रियाबाट नियुक्त गरेको देखिन्छ ।’ उनले पत्रकारहरुसँग भने । 
परिषद्मा नाम दर्ता नहुने व्यक्तिले स्वास्थ्यसम्बन्धी कुनै काम गर्न नहुने ऐनमा उल्लेख छ । ‘यसअघि पनि बीपीलाई पत्र पठाएर सम्पूर्ण प्राविधिकको विवरण मागिएको थियो तर प्राप्त भएन,’ अध्यक्ष लम्सालले जनाए । परिषद्का अनुसन्धान अधिकृत वशिष्ठकुमार घिमिरेले बीपी प्रतिष्ठानमा चरम् भ्रष्टाचार भएको यो घटनाले पुष्टि गरेको जनाए । 
छड्के जाँचको क्रममा प्रतिष्ठानले ६० जना प्राविधिकको मात्र फायल बुझाएको थियो । अन्य प्राविधिकको फायल खोज्न समय लाग्ने भन्दै टारेको परिषद्का सदस्यले जनाए । प्रतिष्ठानमा १ सय २३ जना प्राविधिक छन् । मङ्गलबार छड्के जाँच गर्न आएको टोलीमा परिषद्का अध्यक्ष डा. लम्साल, रजिष्ट्रार धनप्रसाद पौडेल, अनुसन्धान अधिकृत घिमिरे र प्रशासकीय अधिकृत केशवप्रसाद अधिकारी सहभागी थिए । 
टोलीले परिषद्मा दर्ता नभएका प्राविधिकलाई काममा नलगाउन प्रतिष्ठानलाई अनुरोध गरेको छ । प्रतिष्ठानका निर्देशक वीपी दास भने यस विषयमा बोल्न चाहेनन् । प्रतिष्ठानमा छड्के जाँच गर्न आएको टोली ड्रिमल्याण्ड होटलको ८ हजार ३ सय रुपैयाँ नतिरी हिँडेको छ । उनीहरु सो बिल प्रतिष्ठानले तिर्ने भन्दै हिँडेका थिए । टोलीले १५ मिनेटमा ६० वटा फायल जाँचेको थियो । 
मङ्गलबार गरिएको छड्के जाँचमा ल्याब टेक्निसियन १०, फिजियोथेरापी विभागका २, शल्यक्रिया विभागका ४, फोरेन्सिक विभागका १, रेडियोलोजी विभागका २, स्टिलथेरापीका ४, फर्मास्युटीकल विभागका १ सहित ३० जना प्राविधिकलाई प्रतिष्ठानले अवैधानिकरुपमा नियुक्त गरेको पाइएको छ ।

source:-blast
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login