अदालत परिसरमै श्रीमतीलाई झापड


काठमाडौ, फाल्गुन ६ - सम्बन्धविच्छेदको मुद्दाका क्रममा एक व्यक्तिले अदालत परिसरमै बिहीबार श्रीमतीलाई झापड हानेका छन् । सम्बन्धविच्छेदका लागि चलिरहेको मुद्दाको पेसीका दिन पुनरावेदन अदालत पाटनमा माओवादी नेता सीपी गजुरेलका कान्छा छोरा सञ्जीवले श्रीमती सुनीता पोख्रेललाई कुटेका हुन् । चार वर्षअघि बिहे गरेका उनीहरूबीच सम्बन्धविच्छेदको मुद्दा चलिरहेको छ ।
मुद्दाले पूर्णता नपाउँदै सञ्जीवले अर्को बिहे गरेको बारे सोधपुछ गर्दा आफूमाथि हातपात गरेको सुनीताले बताइन् । 'पेसी लिएर फर्किने क्रममा उक्त कुरा सोध्दा अपशब्द प्रयोग गर्दै पिट्नुभयो,' उनले भनिन् ।
सञ्जीवले भने हातपात नगरेको दाबी गरे । 'बाटो छेकेर अपशब्द बोल्न थालेपछि उनलाई हटाउँदै अघि बढ्ने क्रममा हातले लागेको हो,' उनले भने, 'कुटपिट गरेको होइन ।' उनीहरूबीच मागी विवाह भएको ६ महिना नबित्दै दाइजोको विषयलाई लिएर झगडा हुन थालेको सुनीताको दाबी छ । संविधानसभा चुनावताका गजुरेल परिवारले सम्बन्धविच्छेद गर्ने भन्दै काठमाडौं महानगरपालिकामा उजुरी दिएका थिए । सुनीताले नमानेपछि अदालतमा मुद्दा हालिएको थियो । जिल्ला अदालतले सम्बन्धविच्छेदको फैसला सुनाएपछि सुनीता पुनरावेदन गएकी हुन् । तारेख लिएर फर्किने क्रममा हातपात भएपछि पुनरावेदन अदालत पाटनका रजिस्ट्रार कृष्ण गिरीले अर्कोपल्ट पेसीमा सुनीतालाई पूर्ण सुरक्षा उपलब्ध गराइने बताए ।
source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login