काठमाडौं, फाल्गुन ५ - बंगलादेशको राजधानी ढाकास्थित बंगलाबन्धु रंगशालामा बिहीबार साँझ भव्य समारोहबीच विश्व कप क्रिकेट- २०११ उदघाटन भएको छ ।
विश्व कप क्रिकेटको एक भव्य समारोहबीच प्रधानमन्त्री शेख हसिना वाजेटले उदघाटन गरिन् । उदघाटनका अवसरमा गीत संगीतका साथै विविध सांस्कृतिक कार्यक्रम भएका छन् ।
त्यसअवसरमा ३५ सय कलाकारले श्रीलङ्का र बंगलादेशको संस्कृति झल्कने झाँकीसमेत प्रदर्शन गरेको विदेशी सञ्चारमाध्यमले जनाएका छन् । उदघाटन कार्यक्रममा क्यानेडियन रकस्टार ब्रायन एडम्स, भारतीय गायक सोनु निगमलगायतले गीत गाएका छन् ।
औपचारिक उदघाटन बिहीबार भए पनि पहिलो खेल आइतबारमात्र हुने छ । पहिलोखेल भारत र श्रीलङ्काबीच हुने छ । फागुन ७ देखि सुरु हुने विश्वकप क्रिकेट चैत १९ गते सकिने छ ।
विश्वकपमा यसपटक टेस्ट खेल्ने १० देशसहित केन्या, क्यानडा, नेदरल्यान्ड्स र आरयल्यान्ड पनि सहभागी हुने छ । प्रतियोगिताभर ४९ खेल हुनेछन् ।
दक्षिण एसीयामा विश्वकप हुन लागेको यो तेस्रोपटक हो ।
source:-ekantipur










0 commentaires