काठमाडौ, फाल्गुन ६ - पौषशुक्ल पूर्णिमादेखि प्रारम्भ गरिएको एक महिने स्वस्थानी व्रत आज माघशुक्ल पूर्णिमाका दिन विशेष पूजाअर्चना गरी समाप्त हुँदैछ ।
पौराणिक कथनअनुसार हिमालय पर्वतकी छोरी पार्वतीले स्वस्थानी व्रत बसी महादेव स्वामी पाएको धार्मिक जनविश्वासका आधारमा यो व्रत बस्ने परम्परा रहिआएको छ ।
आजका दिन व्रतालुहरुले १०८ यज्ञोपवित, १०८ सुपारी, १०८ पान, १०८ पुष्प, १०८ रोटी, १०८ अक्षतालगायत पूजा सामग्रीले आफूले चिताएको मनोकामना पूरा होस् भनी स्वस्थानी देवीको पूजा गरी विसर्जन गरिन्छ ।
स्वस्थानीको व्रत, पूजा, कथा पाठ गर्नाले रोगव्याध निको हुने, बिछोड भएका परिवारजनसँग पुनर्मिलन हुने तथा असल पति प्राप्त हुने जनविश्वास रहेको छ । विशेषगरी महिलाहरुले बस्ने यो व्रतमा काठमाडौँको साँखुस्थित शालीनदीमा महिनाभर बसेको व्रतको विसर्जन गरी व्रतालुहरु आ–आफ्ना घर फर्कन्छन् । रासस










0 commentaires