खतिवडा र मिश्रलाई संगीत पुरस्कार

काठमाडौ, फाल्गुन ८  - किरातेश्वर संगीत आश्रमले बाँसुरीवादक दुर्गा खतिवडा र कथक नृत्यकार सुरेश मिश्रलाई पुरस्कृत गरेको छ ।


खतिवडाले किरातेश्वर पद्मपि्रया हरिपि्रया रेग्मी युवा पुरस्कार र मिश्रले किरातेश्वर संगीताश्रम पुरस्कार प्राप्त गरे । पद्मपि्रया हरिपि्रया रेग्मी युवा पुरस्कार २५ हजार रुपैयाँको हो भने किरातेश्वर संगीताश्रम पुरस्कार १० हजार रुपैयाँको । 



संगीत आश्रमले १८ औं बाल शास्त्रीय प्रतियोगिताका विजेताहरूलाई पनि शुक्रबारै पुरस्कार वितरण गर्‍यो । शास्त्रीय गायन, सुरवादन र तालवादन गरी तीन विद्यामा उत्कृष्ट १२ बालबालिकालाई संगीतज्ञ अम्बर गुरुङले पुरस्कार हस्तान्तरण गरेका थिए । गायनतर्फ शीतल थापा पहिलो, सुदीप बडाल दोस्रो र शोभना पौडेल तेस्रो भएका थिए । सुरवादनमा मितिमा शाक्य पहिलो, युरिका शाक्य दोस्रो र स्मृति तेस्रो भएका थिए भने तालवादनमा अजयदास चौधरी, सपत शाक्य र र शशीन्द्रराज श्रेष्ठ यो क्रममा रहेका थिए । 



'बालबालिका देशका ऐना हुन्,' संगीतज्ञ गुरुङले भने, 'यिनीहरूमा उत्साह जगाइदिनु हाम्रो दायित्व हो ।' किरातेश्वर संगीत आश्रमका अध्यक्ष शेषनारायण श्रेष्ठले वरिष्ठ सरोदवादक मोहनसुन्दर श्रेष्ठको सम्मानमा २५ हजार रुपैयाँको नयाँ कोष खडा गरेको जानकारी पनि दिए ।


source:-kantipur


Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login