काठमाडौँ, फागुन ९ - एकाबिहानै चाबहिलमा कलेज छात्रालाई ट्याङ्करले किचेर मारेको विरोधमा भइरहेको प्रदर्शनका क्रममा नागरिककर्मी विजय राईसहित पत्रकारहरु प्रहरीबाट कुटिएका छन्। आक्रोशित पशुपति क्याम्पसका विद्यार्थीहरु र प्रहरीबीच झडपको क्रममा प्रहरीले क्याम्पसभित्र प्रवेश गरी ढोका थुनेर लाठी प्रहार गर्दै गरेको तस्बिर खिच्ने क्रममा आफूहरुमाथि आक्रमण भएको उनीहरुले बताएका छन्। घाइते हुने अन्य पत्रकारमा नेपाल समाचारपत्रका संजोग मानन्धर, कान्तिपुरका निरन्जन श्रेष्ठ, गोरखापत्रका विकास द्वारे छन्। न्युज२४ टेलिभिजनका रिपोर्टर देवकी विष्टले आफूलाई प्रहरीले भुत्ल्याएर पिटेको बताइन्।
त्यसैगरी एभिन्युज टेलिभिजन र नेसनल टेलिभिजनका पत्रकार पनि प्रहरीबाट कुटिएका छन्। दुर्घटनाका कारण सो क्षेत्र बिहानैदेखि तनावग्रस्त छ।
source:-nagriknews









0 commentaires