नेताहरुलाई गाउँ-गाँउबाट लखेट्ने चेतावनी


९ फागुन, काठमाडौं । चुरेभावर राष्ट्रिय एकता पार्टीले जेठ १४ गतेभित्रमा नयाँ संविधान नबने नेताहरुलाई गाउँ-गाँउबाट लखेट्ने चेतावनी दिएको छ । थपिएको समयभित्र संविधान निर्माण गर्नुको साटो संविधानसभाको म्याद थप्ने षडयन्त्र भएको भन्दै उसले यस्तो चेतावनी दिएको हो । 
सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी चुरेभावरले जेठ १४ गते संविधान जारी नभए १५ गतेबाट राजधानीमा आफ्ना २५ हजार शान्ति सेनालाई उतारेर आन्दोलन थाल्ने बताएको छ । संविधानसभाको म्याद पुन थप गरिए मुलुक गृहयूद्धमा जाने भन्दै चुरे भावरले जेठ १४ मा संविधान बन्न नसके तत्काल ताजा जनादेशमा जानु पर्ने माग पनि गरेको छ ।
पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष हिमालयन भक्त प्रधानाङ्गले पार्टीले कारवाही गरेका सभासद केशव मैनालीलाई सभामुख सुवास नेम्वाङ्गले नहटाएकोमा असन्तुष्टि जनाउनु भयो । तत्काल कारवाही नभए सिंहदरवार घेराउ गर्ने चेतावनी दिर्दै उहाँले भन्नुभयो-’अब हामि चुप लागेर बस्ने बाला छैनौं । यस्ता बेथितिको विरुद्ध प्रतिकारमा उत्रन्छौ ।’
पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् शान्ति सेनाका कमाण्डर बाबु थापाले संविधान नबनाउने नेताहरुलाई जेठ १५ गतेपछि गाउँ-गाँउबाट लखेट्ने चेतावनी दिनुभयो ।

Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login