विद्यार्थीले बनाएको ट्रान्समिटरबाट रेडियो


बिग्रेका इलेक्ट्रोनिक्स् सामानको संयोजन गरी ट्रान्समिटरदेखि सामान्य एरियल निर्माण गरेर खर्वाङ बजार र त्यस आसपासका सीमित ठाउँमा सुन्न सकिनेगरी रेडियो सञ्चालन


बाग्लुङ, २८  माघ  कक्षा १० मा अध्ययनरत एक विद्यार्थीले पुराना इलेक्ट्रोनिक सामग्री संयोजन गरी बनाएको ट्रान्समिटरबाट 'रेडियो राङ्दीफाँट' सञ्चालनमा आएको छ । महेन्द्र आदर्श उमावि वामी टक्सार गुल्मीमा अध्ययनरत १७ वर्षीय दिनेश बलामीले बिग्रेका इलेक्ट्रोनिक्स् सामानको संयोजन गरी बनाएको 'रेडियो राङ्दीफाँट'लाई रेडियो सारथीको नामबाट दर्ता गरेर सञ्चालनमा ल्याइएको हो ।


बलामीले बिग्रेका इलेक्ट्रोनिक्स् सामानको संयोजन गरी ट्रान्समिटरदेखि सामान्य एरियल निर्माण गरेर खर्वाङ बजार र त्यस आसपासका सीमित ठाउँमा सुन्न सकिनेगरी रेडियो सञ्चालन गरेका थिए । बलामीको इनोभेसनबाट हौसिएका स्थानीय युवाको सक्रियतामा रेडियो राङ्दीफाँटलाई आधुनिक प्रविधिको संयोजन गरी सामुदायिक 'रेडियो सारथी'मा परिमार्जन गरिएको हो । बलामीले नै निर्माण गरेको ट्रान्समिटरको सहायताले रेडियो सञ्चालन गर्ने प्रयास गरिए पनि दर्ता प्रक्रियामा जाँदा त्यो प्रविधिको प्रयोग गर्न नमिल्ने भएपछि आफूहरूले अरू प्रविधिको प्रयोग गरी एफएम रेडियो सञ्चालनमा ल्याएको एफएमका स्टेसन म्यानेजर विष्णु भुसालले जानकारी दिए । 'दिनेश भाइले बनाएकै प्रविधिबाट रेडियो सञ्चालन गर्ने हाम्रो जमर्को थियो,' भुसालले भने, 'तर दर्ताको प्रक्रियामा जाँदा ती प्रविधिको प्रयोग गर्न मिलेन ।' खर्वाङ बजारमा रेडियो सञ्चालन हुनुमा भने बलामीकै प्रयास र प्रतिभाले भूमिका खेलेको उनको भनाइ छ ।
सुरुमा बलामीले वायरलेस माइक्रोफोन, आफैले बनाएको ट्रान्समिटर र रेडियोको एरियलबाट रेडियो राङ्दीफाँट, हाँडीखोला र दगातुम्डाँडा एफएमका रूपमा स्थानीय एक स्कुलको एउटा कोठाबाट सुरुवात गरेका थिए । उनले एफएम सञ्चालनका लागि आवश्यक पर्ने मिक्सचरसमेत आफैले बनाएका थिए । बलामीले बनाएको रेडियोबाट १०७.४ मेघाहर्जमा रेडियो सुनिन थालेपछि त्यहाँका बासिन्दा निकै खुसी भएका थिए । 'एउटा स्कुलको कोठाबाट सञ्चालित रेडियोले यति ठूलो रूप लेला भन्ने मलाई लागेको थिएन,' रेडियो निर्माता बलामीले भने 'निकै दुःख गरेर २/४ किमि वरपर सुन्न सकिनेगरी निर्माण गरेको रेडियो अहिले छिमेकी जिल्लामा समेत गुञ्जन थालेको छ ।'
गाउँमा रेडियो सञ्चालनमा आएपछि स्थानीय युवायुवती पत्रकारिता पेसातर्फ आकषिर्त भएका छन् । रेडियो सारथीले यही १ माघदेखि परीक्षण प्रसारण गरिरहेको छ । अब लगत्तै नियमित प्रसारण आरम्भ गरिने रेडियोका स्टेसन म्यानेजर भुसालले जानकारी दिए । खर्वाङबाट प्रसारण आरम्भ गरेको कान्छो रेडियो स्टेसनसँगै धौलागिरि अञ्चलमा रेडियो स्टेसनको संख्या ९ पुगेको छ ।

source:-nayapatrika
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login