सात महिनामै तिम्ल्याहा


शाहीमान राई भोजपुर, माघ २३  यहाँ एक महिलाले तिम्ल्याहा शिशु जन्माएकी छन् । शुक्रबार बेलुकी भोजपुर जिल्ला अस्पतालमा टक्सार ९ की २० वषर्ीया सिर्जना तामाङले तिम्ल्याहा जन्माएकी हुन् ।

तीन छोरालाई जन्म दिएकी सिर्जनाको स्वास्थ्य स्थिति सामान्य रहेको अस्पतालकी अनमी रेनु राईले बताइन् । उनले भनिन्, 'शिशुहरूको वजन सामान्यभन्दा कम छ ।'  पहिलो १ किलो ६ सय ग्राम, दोस्रो १ किलो ३ सय ग्राम र तेस्रो शिशुको तौल १ किलो २ सय ग्राममात्र छ । 

गर्भधारणको सात महिनामै जन्मिएका तिम्ल्याहालाई जिल्ला अस्पतालमा अक्सिजन दिएर राखिएको छ । तिम्ल्याहालाई बढी हेरचाह गर्नुपर्ने भएकाले सुविधायुक्त अस्पतालमा लैजान चिकित्सकले तामाङ दम्पतीलाई सुझाव दिएका छन् । 'तर कसरी लाने ? खर्च छैन' सिर्जनाका श्रीमान् गोविन्दले भने । शिशु जन्मदा सामान्य तौल २ केजी ५ सय ग्राम हुनुपर्नेमा तिम्ल्याहाको ५० प्रतिशत कम भएकाले अन्यत्र लैजान सिफारिस गरेको अस्पतालले जनायो । 

जन्मिएको २० घन्टा हुन लाग्दा पनि तिम्ल्याहालाई आमाको दूध खुवाइएको छैन । तिम्ल्याहा जन्मिएको भोजपुरमा सम्भवतः यो पहिलो भएको जिल्ला अस्पतालका डा. नरेन्द्र झाले बताए । विवाहको तीन वर्षपछि तिम्ल्याहा जन्मिनु एकातिर हर्ष भए पनि खर्चले आत्तिएको गोविन्दले बताए । तिम्ल्याहाले आँखा खोलेका छैनन् ।

source:-kantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login