यौन शिक्षाले खुल्न थाले किशोरी


फलेवास -पर्वत, माघ २३ - जनता मावि, ९ कक्षामा अध्ययनरत प्रतीक्षा कुँवर यौन शब्द सुन्नासाथ पुस्तकले मुख छोप्थिन् । उनलाई यो शब्दै लाज लाग्ने हुँदा परिवार र साथीसँग समेत कहिल्यै खुलिनन् ।

उनीजस्तै मन्जु पौडेल पनि यौन र प्रजनन स्वास्थ्यबारे कुरा गर्न लजाउँथिन् । उनलाई यौन शिक्षाबारे जान्न्ो इच्छा हुँदाहुँदै पनि अरूले जिस्क्याउने डरले मनमै गुम्साएर राख्न बाध्य भएको 

बताउँछिन् । वषार्ंैदेखि यौनबारे खुलेर गफ गर्न नसकेका किशोरी यति बेला भने निसंकोच गफ गर्ने भएका छन् । महिला तथा बालबालिका कार्यालयको सहयोगमा स्थानीय नवप्रतिभा महिला विकास बचत तथा ऋण सहकारी संस्थाले किशोरीका लागि जीवनोपयोगी सीप सिकाएपछि ३१ किशोरी प्रजनन स्वास्थ्यबारे जानकार भएका हुन् ।  

'पहिला लाजले प्रजनन स्वास्थ्यबारेमा पढाउँँदा सुन्नै नपरोस् भन्ने लाग्थ्यो,' १५ वषर्ीया अस्मिता शर्माले भनिन्, 'अहिले थाहा भयो, यसबारे जान्नै पर्दोरहेछ ।' उनले सानै उमेरमा यौन सम्पर्क गर्न नहुने र ललाइफकाई कसैले यौन सम्पर्कका लागि करकाप गर्छ भने त्यस्तो समयमा आफू सुरक्षित बन्नुपर्ने बताइन् ।

किशोर अवस्थामा हुने शारीरिक परिवर्तनबारे समेत जानकारी गराइएको थियो । 'म त पहिला शारीरिक अंगमा परिवर्तन आउँदा लाजले आमालाई समेत भन्न सक्दिनथेँ,' सुमन परियारले भनिन्, 'अबदेखि सबै कुरा परिवारलाई भन्नेछु ।' तालिममा १३ देखि १९ वर्षका किशोरीको सहभागिता थियो । 

'सुरुमा समस्या राख्न लगाउँदा सबै किशोरी मुख छोपेर बस्थे,' प्रशिक्षक उमा पौडेलले भनिन्, 'अहिले भने खुलेर राख्छन् ।' 

किशोरीमा आत्मविश्वास बढाउन आयोजित तालिममा शारीरिक अंगको विकास, सानो उमेरमा यौन सम्पर्क राख्दा आउने समस्या, जबरजस्ती गर्नेबाट बच्ने उपायबारे जानकारी दिएको थियो ।

source:-kantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login