'धर्मपुत्र/पुत्री विकास समिति एकतर्फी'


कल्पना घिमिरे काठमाडौं, फाल्गुन ११ - विदेशी नागरिकलाई धर्मपुत्र/पुत्री दिने सम्बन्धमा मन्त्रिपरिषदद्वारा गठन गरिएको समिति एकतर्फी भएको केन्द्रीय बालकल्याण समितिले आरोप लगाएको छ ।
महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदबाट गत माघ ६ मा  'अन्तरदेशीय धर्मपुत्र/पुत्री विकास व्यवस्थापन समिति' गठन गरिएको हो । महिला मन्त्रालयका तत्कालिन सचिव महेन्द्रप्रसाद श्रेष्ठले अवकाश पाएकै भोलिपल्ट उनकै अध्यक्षतामा समिति गठन गरिएकोमा बालकल्याण समितिले आपत्ति जनाएको हो । महिला मन्त्रालयका सचिब श्रेष्ठले माघ ४ मा अवकाश पाएका हुन् ।
बालबालिका छनौट गर्ने, मन्त्रालयमा पठाउने र विदेशी नागरिकको माग अनुसार बालबालिकाको परिवार छनौट गर्ने जिम्मा पाएको बाल कल्याण समितिको सल्लाह समेत नलिइ पूर्व सचिब श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय समिति गठन गरिएको छ ।
बाल कल्याण समितिका कार्यकारी निर्देशक धर्मराज श्रेष्ठका अनुसार कानुन, परराष्ट्र, र गृह मन्त्रालयका सहसचिव, बाल अधिकार र बाल विशेषज्ञको रुपमा काम गरेका व्यक्तिहरुको सहभागितामा समिति गठन गरिएको छ । तर, धर्मपुत्र/पुत्री विदेश पठाउन प्रत्यक्ष काम गरिरहेको बाल कल्याणलाई समितिलाई सहभागी गराइएको छैन ।
हाल बाल कल्याणमा 'परिवार छनौट समिति' ले बालबालिका बिदेशी नागरिकलाई दिने सम्बन्धमा काम गरिरहेको छ । जसले विदेशी नागरिकका माग अनुसारका बाल बालिकाको परिवार छनौट गरेर मन्त्रालयलाई सिफारिस गदर्छ । विदेश पठाउने बालबालिकाको सुची तयार पार्दछ ।
मन्त्रीले मनोनयन गरेका व्यक्तिहरुलाई छानबीनै नगरी सरकारी तवरबाट समिति गठन गरिएको कार्यकारी निर्देशक श्रेष्ठले जानकारी गराए । आफूहरुलाई मन्त्रिपरिषदले गठन गरेको समिति कुनैपनि अवस्थामा चित्तबुझ्दो नभएको उनले बताए । 'मन्त्री परिषदले गठन आदेशमै तोकेर समिति गठन गरेपछि चित्त नबुझे पनि चुप बस्न बाध्य भएका छौं,' कार्यकारी निर्देशक श्रेष्ठले बुधबार कान्तिपुरसित भने ।
उनले पुर्व महिला मन्त्री सर्वदेवप्रसाद ओझाले विगतमा पनि बाल कल्याणले गरिरहेका काममा हस्तक्षेप गर्ने गरेको आरोप लगाए । 'मन्त्री ओझाकै सिफरिसमा पूर्व सचिव श्रेष्ठलाई अध्यक्ष बनाइएको छ । जुन अनुगमन सिफारिस तथा छानविन समिति भन्दा फरक छ,' उनका अनुसार धर्मपुत्र/पुत्री छान्ने शर्त तथा प्रक्रिया अन्तर्गत मन्त्रालयमा रहेको 'अनुगमन सिफारिस तथा छानब्ीन समिति'लाई खारेज गरेर मन्त्रिपरिषदबाट रातारात समिति गठन गराइएको हो ।
एउटा बच्चालाई धर्मपुत्र/पुत्रीका रुपमा बिदेशी नागरिकले लानका लागि नेपाल सरकारलाई दश हजार अमेरिकी डलर बुझाउनु पर्ने प्रावधान छ । केही समयअघि पूर्व मन्त्री ओझाले आफ्नै नाममा खाता खोलेर विदेशी दातृराष्ट्रबाट आएको रकम जम्मा गर्ने व्यवस्था गरेका थिए । यसै विषयमा विवादमा तानिएपछि अख्तियारले खाता सञ्चालनमा रोक लगाएको थियो । त्यसको छ महिना नबित्तै मन्त्री ओझाले मनोनयन गरेका व्यक्तिहरुको छानबीनै नगरी मन्त्रिपरिषदले समिति गठन गरेको हो ।
मन्त्रिपरिषदले जारी गरेको गठन आदेशमा समितिको अध्यक्ष नेपाल सरकारले नियुक्त गर्ने प्रावधान छ । सरकारको विशिष्ठ श्रेणीको पदमा काम गरेको वा पुनरावेदन अदालतमा न्यायधिशको पदमा काम गरेको व्यक्तिलाई समितिको अध्यक्षका लागि नियुक्त गर्न सकिने व्यवस्था गरिएको छ ।
महिला मन्त्रालयका सहसचिव हरि पौडेलका अनुसार मन्त्रिपरिषदबाटै गठन आदेश तोकेर आएको हुनाले कानुनी प्रक्रिया अन्तरगत नै समिति गठन भएको हो । बैधानिक रुपले नै समिति गठन गरिएको जानकारी दिँदै उनले भने, - 'संयोगले मात्र पूर्व सचिब श्रेष्ठको अध्यक्षतामा समिति गठन भएको हो ।'
धर्मपुत्र/पुत्री लिन चाहने व्यक्तिसंग सम्बन्धीत सुचना संकलन गर्ने, मन्त्रालयको स्वीकृतिले आवश्यकता अनुसार बालगृह, अनाथलय, बाल सुधार गृह, तथा अन्य भौतिक संरचना निर्माण गर्ने लगायत काम समितिले गर्ने उल्लेख छ ।
धर्मपुत्र/पुत्री लिँदा वा दिँदा हुनसक्ने बाल दुर्व्यहार, शोषण, ओसार पसार, अपहरण, बेचबिखन  रोक्ने, संरक्षण गर्ने, धर्मपुत्र/पुत्री लिनको लागि लाग्ने सेवा शुल्क निर्धारण गर्न मन्त्रालयलाई सफरिस गर्ने लगायतका काम समितिले गर्ने गठन आदेशमा उल्लेख छ ।
 source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login