११ फागुन, काठमाडौं । स्वयम्भूस्थित प्रतापपुर मन्दिरमा बुधबार तान्त्रिक विधिबाट विशेष किसिमको (क्षमा) पूजा गरिएको छ । गत फागुन ३ गते मङ्गलबार परेको चटयाङबाट मन्दिरको भत्किएको भागलाई जीर्णोद्धार एवम् मर्मतसम्भार गर्न क्षमापूजा गरिएको स्वयम्भू विकास महासमितिका अध्यक्ष सर्वज्ञरत्न तुलाधरले बताउनुभयो ।
६० फिटको मन्दिरमा अन्र्तयामी तान्त्रिक देवी रहेकाले भित्र प्रवेश गर्न क्षमा पूजा गरिएको उहाँको भनाई छ । मुलुकमा अनिष्ट, आकस्मिक दुर्घटना भएको बेलामा मात्र मन्दिरमा पूजा गरिने प्रचलन रहेकाले सामान्य अवस्थामा जस्तो भित्र प्रवेश गर्न सबैलाई नमिल्ने भएकाले दियो, कलशलाई विशेष किसिमले पूजा गरी क्षमा पूजा गरिएको थियो ।
पुरातत्व विभागको अगुवाइमा काठमाडौँ महानगरपालिका, पर्यटन बोर्ड, स्वयम्भू विकास महासमितिको सहयोगमा बुधबारदेखि नै मर्मतसम्भार सुरु गरिएको छ । रासस









0 commentaires