अग्नी पीडितका लागि राहत अभियान


रमेशचन्द्र अधिकारी  धनकुटा, फाल्गुन ९ - धनकुटाको हिले बजारमा भएको आगलागी पीडितको सहयोगार्थ विभिन्न संघसंस्थाको पहलमा राहत संकलन अभियान सञ्चालन गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी, नेपाल पत्रकार महासंघ, उद्योग वाणिज्य संघ, यातायात व्यवशायी, लगायत विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुले राहत संकलन अभियान बिहानैदेखि सञ्चालन गरेका छन् । हालसम्म करिब एक लाख बढी रकम संकलन भइसकेको रेडक्रस जिल्ला सभापति दोर्णप्रसाद गुरागाईले जानकारी दिनुभयो । धनकुटा सदरमुकाम तथा हिलेमा विभिन्न समुह बनाइ राहत संकलन कार्य भइरहेको छ ।
यसैगरी धनकुटा नगरपालिकाको प्रकोप व्यवस्थापन कोषबाट पीडित परिवारलाई दश हजारका  दरले राहत रकम उपलब्ध गराईएको कार्यकारी अधिकृत महेन्द्रकुमार खाम्याहाङ्ले जानकारी दिनुभयो । नगरपालिकाले विज्ञप्ति जारी गर्दै अग्नी पीडितको सहयोगका लागि राष्ट्रिय वाणिज्य बैंक धनकुटा शाखामा नगरपालिका अर्न्तर्गत प्रकोप व्यवस्थापन कोषको नाममा रहेको ग-५-४/१५२ नंबरको खातामा रकम जम्मा गर्न आग्रह गरेको छ ।
हिलेमा गत शनिवार भीषण आगलागी हुँदा ६ घर नष्ट भएको छ भने १४ परिवार विस्थापित भएका छन् । घटनामा करिब साढे चार करोड बराबरको सम्पत्ति नष्ट भएको छ ।
 source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login