प्रहरी र विद्यार्थीबीच चाबहिलमा झडप, दर्जनौं घाइते


९ फागुन, काठमाडौं । काठमाडौको मित्रपार्कमा सोमबार बिहान पानी ट्याङ्करको ठक्करबाट दुईजना गम्भीर घाईते भएपछि चाबहिल-गौशाला क्षेत्र तनावग्रस्त भएको छ । ठक्कर दिने ट्याङ्कर चालकलाई कडा कारबाहीको माग गर्दै पशुपति क्याम्पसका विद्यार्थीहरुले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि स्थिति तनावग्रस्त भएको हो ।
प्रहरी र विद्यार्थीबीचको झडपमा दर्जनौं विद्यार्थी र १२ जना प्रहरी घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रुग्याँस प्रहार गरेको छ ।
सोमबार बिहान ६ बजे पशुपति क्याम्पस अगाडी बा २ ख ६९४१ नम्बरको ट्याङकरको ठक्करबाट सोही क्याम्पसमा अध्ययनरत धुम्बाराहीकी १७ वर्षीया तेजकुमारी सुवेदी र गौरीघाटका २९ वर्षीय धनबहादुर खड्का गम्भीर घाईते भएका छन् । घाईते दुबैको चावहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको छ ।
पानी ट्याङकरलाई नियन्त्रणमा लिएपनि चालक फरार छन् । घटनापछि आक्रोशित विद्यार्थीहरुले ठक्कर दिने ट्याङकर तोडफोड गरेपछि प्रहरीले रोक्ने क्रममा झडप भएको हो ।

source:-onlinekhabar
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login