'यो राष्ट्र धोती, टोपी, बख्खु र कछाड लगाउनेको'


राष्ट्रपति बोल्दाबोल्दै तीन मिनेट बत्ति गयो


सिन्धुली, माघ २८ - राष्ट्रपति रामवरण यादवले जमीन, जंगल र पानीको उचित व्यवस्थापन गर्न नसके अबको २० वर्षमा नेपाललाई मरुभूमि बन्नबाट कसैले रोक्न नसक्ने बताएका छन् ।
सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीमा 'मध्यमाञ्चल क्षेत्रिय महोत्सव'को एक विशेष समारोहबीच दिउँसो उदघाटन गर्दै राष्ट्रपति रामवरण यादवले जल भण्डार रहेको नेपालका नदीनालाको उचित विकास गरि उपयोगमा ल्याउन सके नेपाल १० वर्ष भित्रमा स्विजरल्याण्ड भन्दा माथि हुने दावी गरे ।
अधिकांश समय विद्युत् विकासको सन्र्दभमा खर्चिएका राष्ट्रपति यादव बोल्दै गर्दा करिब तीन मिनेट विद्युत कटौती भएको थियो । संसारमा सबैभन्दा उत्तम व्यवस्था लोकतन्त्र भएको बताउँदै राष्ट्रिपति यादवले लोकतन्त्रमा नै कानुनको शासन, प्रेस स्वतन्त्रता र समानता हुने बताए । राष्ट्र धोती, टोपी, बख्खु र कछाड लगाउने सबैको भएको चर्चा गर्दै उनले सबै जातिको राष्ट्र भएको बताए ।
तीन करोड नेपाली जनताले राजनीतिक दललाई मिलेर जान म्यान्डेट दिएको पनि राष्ट्रपति यादवले बताए । सबै राजनीतिक दल मिलेर लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व गर्नु राष्ट्रको आवश्यकता भएको उनको भनाइ थियो ।
०१७ सालमा लोकतन्त्रलाई बाटोमा नफालेको भए अहिले नेपाल यूरोप अमेरिका नभएपनि भारतको पञ्जाव, हरियाणा, महाराष्ट्र जस्तो बन्ने उनको तर्क थियो ।
कार्यक्रममा विनाविभागिय मन्त्री एवं नेपाल सरकारका प्रबक्ता गंगाधर तुलाधरले नबगठित सरकारको अर्जुनदृष्टि शान्ति र संविधान निर्माण भएको बताए । 'राष्ट्रिय सहमतिका लागि सरकार अघि बढेको छ' राष्ट्रिय सहमति भए मात्रै मुलुकले शान्ति र नयाँ संविधान पाउने छ,' उनले भने ।
महोत्सव
यसअघि जिल्लाका उद्योगी, व्यापारी, राजनीतिक दल, विद्यार्थी, पेशाकर्मी र जातजातिको भेषभुषा र झाँकीसहितको र्‍यालीले बजार परिक्रमा गरेको थियो ।
माघ २७ गतेदेखि सुरु भई फागुन ७ गतेसम्म सञ्चालन हुने उक्त महोत्सव तीन लाख दर्शकले अवलोकन गर्ने र तीन करोड रुपैयाँ बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य आयोजकको छ ।
महोत्सवमा प्रदर्शनका लागि विभिन्न किसिमका १५० वटा स्टल राखिएको महोत्सव मूल समारोह समितिले जनाएको छ ।
source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login