२९ माघ, काठमाडौं । यसवर्ष राष्ट्रिय पोलियो खोप अभियान शनिबारदेखि सुरु भएको छ । पहिलो चरणमा माघ २९ र २९ गते ६८ जिल्लामा जन्मेदेखि पाँच वर्ष मूनिका बालबालिकालाई पोलियो थोपा खुवाउन सुरु गरिएको हो ।
यसैगरी दोस्रो चरणमा फागुन २८ र २९ गते पोलियो खुवाइने छ । मुगु, हुम्ला, जुम्ला, डोल्पा, सोलुखुम्बु, मनाङ र मुस्ताङ जिल्ला भने चैत २४ र २५ गते पहिलो र बैशाख २४ र २५ गते दोस्रो चरणमा पोलियो थोपा खुवाइने स्वास्थ्य मन्त्रालय बाल स्वास्थ्य महाशाखाले जनाएको छ ।
सन् २०१२ मा सरकारले नेपाललाई पोलियो उन्मूलन राष्ट्र घोषणा गर्दैछ । २०५३ सालदेखि नेपालमा पोलियो खोप अभियान सन्चालन हुँदै आएको छ ।
source:-onlinekhabar









0 commentaires