सात ठाउँमा सुरक्षित गर्भपतन सुरु {स्वास्थ्य}


ललितपुर, माघ २५ - जनस्वास्थ्य कार्यालय ललितपुरले जिल्लाका सात स्वास्थ्य निकायमा सुरक्षित गर्भपतन सेवा सुरु गरेको छ । ग्रामीण भेगका तीनवटा प्राथमिक स्वास्थ्य केन्द्र र दुई  स्वास्थ्यचौकीमा सेवा परीक्षणका रूपमा सुरु गरेको हो । 

सेवा सुरु गरेपछि ग्रामीण क्षेत्रमा महिलाहरूलाई अनिश्चित गर्भ रोक्न सहयोग पुग्ने जनस्वास्थ्य कार्यालयका प्रमुख ऋषिप्रसाद लामिछानेले बताए । 'सामाजिक परिवेशका कारण गाउँका महिलाले सहर गएर गर्भपतन गराउन अनेक समस्या र झन्झट भोग्नुपर्ने थियो,' उनले भने, 'गाउँमै सेवा सुरु गरेपछि गर्भपतन गराउन चाहने महिलालाई सहयोग पुग्ने आशा गरेका छौं ।'  

जनस्वास्थ्य कार्यालयले लेले, बाडेगाउँ र लुभु प्राथमिक स्वास्थ्य केन्द्र तथा ठेचो र भट्टेडाँडा स्वास्थ्यचौकीमा सेवा विस्तार गरेको हो । यसअघि लगनखेलस्थित क्लिनिक, पुल्चोकस्थित परिवार नियोजन संघको कार्यालय र मेरी स्टोप्सका क्लिनिकमा मात्रै यस्तो सेवा थियो । 

जनस्वास्थ्य कार्यालयले गर्भवती महिलाको स्वीकृतिमा ८ महिनासम्मको गर्भपतन गर्ने जनाएको छ । मेडिकल एवर्सन -औषधिको प्रयोगबाट मात्रै गरिने गर्भपतन) का लागि तालिमप्राप्त एमबीबीएस चिकित्सक, स्टाफ नर्स वा अनमीलाई खटाइने लामिछानेले बताए । स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसार सुरक्षित गर्भपतनको सेवा दिने स्वास्थ्यकर्मीले दक्ष प्रसूति सेवासम्बन्धी तालिम -एसबीए) लिएको हुनुपर्छ । सेवा दिने स्वास्थ्य निकाय र जनशक्ति, स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार स्वास्थ्य महाशाखामा सूचीकृत हुनुपर्ने प्रावधान छ ।    

जनस्वास्थ्य कार्यालयले गर्भपतन गराउने महिलाको नाम, थर र पहिचान गोप्य राख्न मातहतका प्राथमिक स्वास्थ्यकेन्द्र र स्वास्थ्यचौकीलाई निर्देशन दिएको छ । निजी क्लिनिकमा एक हजारसम्म शुल्क लाग्छ भने गैरकानुनी रूपमा सञ्चालित क्लिनिकले लुकीछिपी गर्भपतन गराएको दुईदेखि चार हजार रुपैयाँसम्म लिने गरेका छन् । जनस्वास्थ्य कार्यालको तथ्यांकअनुसार आर्थिक वर्ष २०६६/६७ मा ललितपुरमा ५ हजार ४ सय जनाले गर्भपतन गराएका छन् ।

source:-kantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login