राजेश हमालको एक दिन


काठमाडौ, माघ २५ - एकताका डायरी लेख्थें । रेगुलर हुन सकेन । २०११ को जनवरीदेखि रेगुलर गर्छु भनेको एक महिना बितिसक्यो, सकिरा'छैन । बत्तीले गर्दा पनि हो । नाइट सुटिङमा गएका बेला लेख्ने कुरै भएन । अरू बेला प्रायः अँध्यारो हुन्छ । के डायरी लेख्नु ? 
 बिहान साढे ६ बजे उठिसक्छु । लगत्तै एक लिटर पानी पिउँछु । बाथरुम गएपछि व्यायाम गर्छु । नाइट सुटिङका बेला भोलिपल्ट साँझमात्रै व्यायाम गर्छु । रातभरि सुटिङ, बिहान सुतिन्छ, ढिलो उठिन्छ ।
व्यायाम मिक्स टाइपको गर्छु । अलिअलि वजन पनि उठाउँछु, बडी बिल्डरले जस्तोचाहिँ होइन । घरमै सानो जिमखाना छ । कहिलेकाहीँ मर्निङ वाक जान्छु, घर नजिकै रानीबारीसम्म । समय नहुँदा घरकै कम्पाउन्डभित्र टहलिन्छु । स्ट्रेचिङ योग गर्छु, जीउलाई लचकदार बनाउन । आफैंले एक घन्टाको कोर्स बनाएको छु । आउट डोर सुटिङ गर्दा यसले निकै काम दिन्छ । होटलकै कोठाभित्र पनि गर्छु ।
ब्रेकफास्ट खाने समय साढे ८ बज्छ । ब्रेकफास्टमा विशेष ध्यान छ । हट लेमनबाट सुरु गर्छु, मह हालेर । दुई/चारवटा फलफूल खान्छु । मेवा सधैं चाहिन्छ । मौसमअनुसारको फलफूल पनि खान्छु । डाक्टरले दिनमा तीन/चार किसिमका फलफूल खाइयो भने स्वास्थ्य राम्रो हुन्छ भनेको छ । यसपछि कि पोरिज कि त गहुँको मुस्ली दहीमा मुछेर खान्छु । ड्राई पिनट्स, आठ/दसवटा बदाम, पाँच/सातवटा काजु, तीन/चारवटा ओखर खान्छु, अनि कफी पिउँछु । मेरो मुख्य खाना यही हो । 
दिनभरजस्तो सुटिङमै हुन्छु । भात खान्न । तीन/चारवटा उसिनेको अण्डाको सेतो भाग र एक कप कफी खान्छु । कहिलेकाहीँ बिस्कुट र मिल्यो भने एउटा स्याउ । लन्च यति नै हो । घर फर्केपछि मेकअप आफैं उतार्छु । साँझ प्रायः अन्तर्वार्ता, भेटघाट र पार्टी हुन्छ । जानैपर्ने भएमात्र जान्छु । रमाइलोका लागि होइन । नाइट सुटिङ नहुँदा घरमा टिभी हेर्छु । न्युज च्यानल बढी मनपर्छ । राजनीति गर्ने मनसाय नभए पनि चासो दिन्छु । सीएनएन, बीबीसी, अल जजिरा खुब हेर्छु । स्टार मुभिज, एचबीओ, सिने म्याक्स पनि मनपर्छ । आफू कमर्सियल फिल्मका स्टार भए पनि अफट्रयाक फिल्महरू हेर्न रुचाउँछु । हिन्दी च्यानल हेर्दै हेर्दिनँ । यताउति रिमोट चलाउँदा झल्याकझुलुक मात्रै । 
फुर्सदै हुन्न । भइहाल्यो भने किताब पढ्छु । सुटिङको खाली टाइममा पनि । अंग्रेजी किताबहरूमा मन जान्छ । विशेषगरी बायोग्राफी । अचेल अलि फिल्मी किताबहरूमा पनि मन जान थालेको छ- फिल्म मेकिङ र इतिहासबारे । भर्खरै ओबामाको बायोग्राफी सकाएँ । हलिउड फिल्मकर्मी एलिया केजानको बायोग्राफी पढिरा'छु अहिले । फिल्मकर्मीको नाताले बायोग्राफीमा पनि ड्रामा देख्छु । कहिले २/३ वटा किताब सँगैसँगै पढ्छु । घरमा म र सहयोगीहरू छन् । भाइ र उनीहरूको परिवार पनि छ तर एउटै कम्पाउन्डको बेग्लै घरमा । 
तपाईंलाई अनौठो लाग्न सक्छ- मेरो घरमा फोनको कुनै पनि घन्टी बज्दैन । ल्यान्डलाइन पनि मुख्य घरभन्दा अलिकति उता छ । मोबाइल पनि सहयोगी -रोशन हमाल) सँगै हुन्छ । विदेशतिरबाट फोन आयो भने मात्रै ल्याइदिन्छन् । फोनको त्यति प्रेमी छुइनँ । एकताका मोबाइल बोक्थें । चार वर्ष भो छोडिदिएँ । बाहिर फिल्म एकदमै कम हेर्छु । आफ्नै पि्रमियर छ भने मात्रै । कहिलेकाहीँ अफबिट फिल्म लागे जय नेपाल हल जान्छु । अस्ति भर्खरै 'नो वान किल जेसिका' र 'धोबीघाट' हेर्न गा'थें ।
साँझको खानामा पनि विशेष ध्यान दिन्छु । दुई/चारवटै हरियो तरकारी चाहिन्छ । सागसब्जी । आम नेपालीले जस्तो मज्जाले दालभात ग्वाम ग्वाम मुछेर खान सक्दिनँ । भातमा जोड पनि छैन । प्रायः नाइट पनि सुटिङमै व्यस्त हुने हुँदा सुत्ने टाइमटेबल एकैनासको हुन सकेको छैन ।
एक्काइस वर्ष भएछ, फिल्ममा आएको । कहिलेकाहीँ आफ्ना पुराना फिल्महरू हेर्छु । अनौठो लाग्छ । त्यो बेला आफ्नै हिसाबले हेरिन्थ्यो । अहिले अर्कै भइसकेको छु । आफ्ना पुराना फिल्महरू हेर्दा एकदमै वस्तुगत र निष्पक्ष भएर हेर्छु । कुनै बेला दिउँसो फुर्सद मिल्यो भने घरैमा बस्न नि रुचाउँछु । दिउँसोको माहोलमा आफ्नै घर हेर्दा बेग्लै रमाइलो महसुस हुँदोरहेछ । बाहिर जाने मौका मिले काठमाडौं आसपासमै ड्राइभ गर्छु । अहिले त ट्राफिक जाम देखेर दिक्क लाग्छ ।    
लाइफमा बोरिङ कहिले पनि फिल गर्दिनँ । कतै गएर जमघट गर्न, रेस्टुरेन्टमा रमाइलो गर्न मन लाग्दैन । कुनै बेला खुबै रमाइलो पनि  गरियो । आठ-दस वर्षयता त्यता चासो जाँदैन । मलाई लाग्छ- जीवन एउटै र्शलीमा कन्टिन्यु (निरन्तर) जान हुँदैन । अध्यायअनुसार फरक एक्टिभिटी हुनुपर्छ । एउटा अध्याय थियो, रमाइलो गरें । अहिले अर्कै अध्यायमा छु, त्यहीअनुसारको जीवनशैली जिइरहेको छु । फेरि चार-पाँच वर्षमा अर्कै शैली अपनाउनुपर्ला । उमेरको मागअनुसार जिउन चाहन्छु । बस ।
प्रस्तुति: फूलमान वल
source:-ekantipur

Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login