मुलुकी ऐन खारेज हुँदै


काठमाडौ, माघ १९  - सरकारले मुलुकी ऐन खारेज गरी नयाँ कानुन लागू गर्ने भएको छ । कानुनी प्रणालीमा सुधार र संहिताकरणका लागि  सरकारले मुलुकी ऐनलगायत अन्य थुप्रै नेपाल कानुन खारेजी, संशोधन र समायोजन प्रस्ताव गरेको हो । 

कानुनमन्त्री प्रेमबहादुर सिंह र संसदीय व्यवस्था मन्त्रालयको समेत कार्यभार सम्हालेका ऊर्जामन्त्री बालकुष्ण खाँणले त्यससम्बन्धी ६ वटा विधेयक मंगलबार संसद् सचिवालयमा दर्ता गराएका हुन् । संसद्ले ती विधेयक पारित गरेपछि १ सय ५७ वर्ष पुरानो मुलुकी ऐनलाई नयाँ कानुन संहिताले विस्थापित गर्नेछ । 

तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० मा जारी गरेको मुलुकी 'आइन' २०२० मा व्यापक परिमार्जन भएको थियो । त्यसयता १२ पटक भएका संशोधनले पनि परिवर्तित राजनीतिक र आर्थिक अवस्था सम्बोधन गर्न नसकेको भन्दै सरकारले नयाँ व्यवस्था गर्ने प्रस्ताव गरेको हो । 

प्रस्तावित फौजदारी कानुनले २० वर्षे जन्मकैदको व्यवस्थालाई ३० वर्ष बनाएको छ । अदालतमा झूटो अभिव्यक्ति दिने कार्यलाई पहिलो पटक कसुरका रूपमा परिभाषित गरिएको छ । त्यसैगरी पानीको मुहान दूषित गर्ने, जबर्जस्ती करणीपछि हत्या गर्ने, वायुयान अपहरण गरी सामूहिक ज्यान लिनेजस्ता गम्भीर प्रकृतिका अपराधमा जीवनपर्यन्त कैद बस्नुपर्ने छ । यसअघि कार्यान्वयन नै हुन नसकेका सामाजिक व्यवहार सुधार ऐन, विवाह दर्ता ऐनलगायत कानुन खारेज हुनेछन् ।  

संसद् सरकार निर्माणमा केन्दि्रत भएकाले कानुन संशोधन प्रक्रियाले तत्कालै गति लिने सम्भावना भने छैन । सरकारले सर्वोच्चका न्यायाधीश खिलराज रेग्मी र कल्याण श्रेष्ठको संयोजकत्वमा गठन गरेको छुट्टाछुट्टै कार्यदलद्वारा तयार प्रतिवेदनका आधारमा कानुन सुधारको काम अघि बढाएको थियो । 

मन्त्रिपरिषद्ले २०६५ मंसिरमा रेग्मीको संयोजकत्वमा देवानी कानुन सुधार र परिमार्जन, श्रेष्ठको नेतृत्वमा फौजदारी कानुन सुधार र परिमार्जन कार्यदल गठन गरेको थियो । ती कार्यदलले दिएका प्रतिवेदनलाई सरोकारवाला निकायसँगको परामर्शमा आवश्यक परिमार्जनपछि अन्तिम मस्यौदा तयार पारी मन्त्रिपरिषद्को अनुमादनपछि संसद् सचिवालयमा दर्ता गरिएको कानुन मन्त्रालयले जनाएको छ । 

सरकारले दर्ता गराएका विधेयकहरूमा देवानी कानुनको संशोधन र एकीकरण गर्न बनेको विधेयक, देवानी मुद्दाको कार्यविधिसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, फौजदारी कसुरसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, फौजदारी मुद्दाको कार्यविधिसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक, फौजदारी कसुरमा सजाय निर्धारण तथा कार्यान्वयन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र केही नेपाल कानुलाई एकीकरण, समायोजन र खारेज गर्ने विधेयक छन् । 

संसद्ले यी विधेयक पारित गरेपछि १३ वटा ऐन एकै पटक खारेज हुनेछन् भने तीन दर्जनभन्दा बढी ऐन संशोधन हुनेछन् । पूरै खारेज हुने ऐनहरूमा नागरिक अधिकार ऐन २०१२, कोट फि ऐन २०१७, गाली बेइज्जती ऐन २०१७, जासुसी ऐन २०१८, भिक्षा माग्ने -निषेध) ऐन २०१८, जुवा ऐन २०२०, केही फौजदारी मुद्दा खारेज गर्ने र दण्ड सजाय मिनाह दिने ऐन २०२०, केही सार्वजनिक अपराध र सजाय ऐन २०२७, विवाह दर्ता ऐन २०२८ छन् ।


source:-kantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login