लापरवाही गर्ने चिकित्सकले क्षतिपूर्ति दिए


काठमाडौं, माघ १९ - चिकित्सकको लापरबाहीले एउटा आँखाको ज्योति गुमाएकी सिर्जना केसीले १२ वर्षपछि क्षतिपूर्ति पाएकी छन्।

   सर्वोच्च अदालतका न्यायाधीश बलराम केसी र मोहनप्रकाश सिटौलाले २०६६ कात्तिक ९ गते नै पुनरावेदन अदालतको निर्णय सदर गर्दै विपक्षी ब्लुक्रस नर्सिङ होमले क्षतिपूर्तिबापत पीडितलाई ६ लाख १७ हजार दिलाउनुपर्ने फैसला गरेका थिए। नर्सिङ होमले मंगलबारमात्रै सिर्जनालाई क्षतिपूर्ति दिएको हो।
'अब मुद्दाको क्लेसमात्रै पनि बाँकी छैन भन्ने कुराले खुसी पारेको छ,' क्षतिपूर्ति लिएपछि मंगलबार साँझ सिर्जनाले भनिन्, 'ढिलै भए पनि न्याय पाएँ।' चिकित्सक दिनेशविक्रम शाहको लापरबाहीले १२ वर्षको उमेरमा उनले आँखाको ज्योति गुमाउनुपर्‍यो। छाती, कान, नाक र आँखामा त्यसको समस्या अझै छ। कालो टाटो अनुहारभरि फैलिँदै छ। छोरीलाई टाउको दुख्ने र आँखा बिझाउने भएपछि आमा सरिताले ब्लुक्रस नर्सिङ होममा लैजाँदा शाहले मलेरियाको औषधी टेग्रेटोल दिएका थिए। त्यही औषधीले सिर्जनामा समस्या देखिँदै गयो। अन्ततः २०५६ सालमा जिल्ला प्रशासन कार्यालयमा सरिताले उपभोक्ता संरक्षणअर्न्तगत शाहलाई विपक्षी बनाई क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरिन्।

'पैसा ठूलो कुरा होइन,' सरिताले भनिन्, 'ढिलै भए पनि न्याय पायौं।'

source:-nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login