'फिल्म मेकिङ' सिकेर फर्किन् निशा


काठमाडौं, फागुन ११ - फिल्म अध्ययन गर्न साढे दुई महिनाअघि अमेरिका पुगेकी अभिनेत्री निशा अधिकारी नेपाल फर्केकी छिन्। अघिल्लो साता काठमाडौं आइपुगेकी निशाले साढे दुई महिने 'डिप्लोमा इन फिल्म मेकिङ'मा फिल्म सम्बन्धी चार मुख्य विषय अध्ययन गरेको जानकारी दिइन्।


ह्यान्ड रन क्यामेरा, डिरेक्टर क्राफ्ट, स्क्रिप्ट राइटिङ र एडिटिङको आठ हप्ते कोर्स पूरा गरेको उनले बताइन्। यसले फिल्म निर्माणका धेरै जानकारी मिलेको उनले अनुभव गरेकी छिन्। चारवटा फिल्ममा अभिनय गरेकी निशाले भनिन्, 'फिल्म निर्देशन भनेको टिम वर्क हो। सबैले मिलेर काम गरे सफल भइन्छ भन्ने विश्वास जागेको छ।

यो कोर्सले निर्देशन करियरमा सहयोग पुग्ने उनले विश्वास लिएकी छिन्। 'अभिनय गरुन्जेल त्यति हेक्का नगरिने स्त्रि्कप्ट, सिनेम्याट्रोग्राफी, इडिटिङ आदिको बारेमा अब म धेरै प्रष्ट हुन सक्छु,' उनले भनिन्।
बिहान ९ देखि साँझसम्म फिल्म अध्ययनमा सहभागी हुँदा निकै रमाइलो लागेको उनले सुनाइन्। 'डिरेक्सन क्राफ्ट पढ्दा सबैभन्दा बढी अभिरुचि जाग्यो। 'ह्यान्ड रन क्यामेरा' पढ्दा निकै रमाइलो लाग्यो,' उनले अनुभव सुनाइन्। 'सिनेम्याटोग्राफी' उनलाई निकै जटिल लाग्यो। तैपनि लाइट र ग्राफिकको बारेमा धेरै जानकारी मिलेको उनले बताइन्।


अध्ययनको अवधिमा तीन छोटा फिल्म समेत निर्माण गरेको बताइन् निशाले। वान सर्ट, कन्टिन्युटी सर्ट र डिजिटल सर्टमा आधारित फिल्म बनाएको उनले बताइन्। 'फिल्म बनाएपछि मात्र कोर्स पूरा हुने भएकोले यो काम अनिवार्य थियो,' उनले भनिन्, '१६ एमएम क्यामेराको सट मेरो लागि यादगार छ।' काम गाह्रो भए पनि रमाइलो अनुभव गरेर फर्किएको निशाले बताइन्।

लस एन्जलसको 'डब्लुएलसी न्युयोर्क फिल्म एकेडेमी'बाट सर्टिफिकेट लिएकी पनि उनी फर्किने बित्तिकै अभिनयमै व्यस्त भएकी छिन्। सिमोष सुनुवारले बनाउन लागेको नयाँ फिल्ममा आफू व्यस्त भएको उनले जानकारी दिइन्। सानैदेखिको रुचिको क्षेत्रलाई छोडिहाल्ने पक्षमा छैनन् निशा। तर, अब निर्देशनमा समेत रहर जागेको छ उनलाई। नेपाली फिल्मको प्रावधिक काममा महिलाको संख्या न्यून देखेकी निशाले आफू त्यो काममा लागिपर्ने बताइन्।
source:-nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login