१६ फागुन, काठमाडौं । कैदीलाई आन्दोलनका कारण वीरगञ्ज कारागारमा तनाव उत्पन्न भएको छ । कैदीलाई अन्यन्त्र सरुवा गर्न लागेको बिरोधमा कैदीहरु आन्दोलनमा उत्रिएपछि तनाव भएको हो ।
उत्पन्न नियन्त्रणको प्रयासमा प्रहरीले एक राउण्ड हवाई फायर गर्नुको साथै करीब आधा दर्जन असुर ग्यास प्रहार गरेको छ । असुर ग्यास कारण पाँच जना कैदी घाइते भएका छन् । घाइते हुनेहरुमा उमेश मुखिया र सागर झा लगायत छन् । कारागार व्यवस्थापन बिभाग कार्यालय पर्सा वीरगञ्जले दुई जना कैदीलाई अर्को जिल्लामा सरुवा गर्न लागेपछि कैदीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले सरुवा गर्न लागिएको कैदीलाई फिर्ता गर, कैदी सरुवा गर्न पाइँदैन जस्ता नारा लगाएका छन् ।
बिभागको आदेश अनुसार लालबाबु अन्सारी र शम्भु गौतम सरुवा गर्न लागिएको प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी झाका अनुसार अपहरण मुद्धामा वीरगञ्ज कारागारमा सजाय भोगीरहेका कैदीलाई सोमबार दाङ्ग कारागार सरुवा गरिनेछ । कारागार स्रोतका अनुसार बिदेशी साह र शुक्र तामांङलाई पनि सरुवाको प्रकृया अघि बढाइएको छ । यसैबीच साहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी अधिकारीले घटनाको बारेमा कारागार प्रमुख कुर्मीसँग सोधपुछ गर्नुभएको छ ।
source:-onlinekhabar









0 commentaires