इनरुवा, फाल्गुन १६ - पुर्नगठित नेकपा माओवादीका कार्यकर्ताहरुले सोमबार दिउँसो जिल्ला वन कार्यालय सुनसरीका प्रमुख रामबृक्ष ठाकुरलाई कार्यालय परिसरमै कालोमोसो दलेका छन् ।
वन अधिकृतलाइ कालोमोसो दलिएपछि कर्मचारीले जिल्ला वन कार्यालयमा असुरक्षा भएको भन्दै अनिश्चितकालका लागि कार्यालय बन्द गरेका छन् । दिउँसो दुइवजे तीनजनाको संख्यामा गएका पुर्नगठित माओवादीका कार्यकर्ताहरुले वन अधिकृत ठाकुरलाइ कार्यकक्ष वाहिर निवास अगाडी रहेका बेला कालोमोसो दलेका थिए ।
ठाकुरलाई कालोमोसो दलेर भाग्दै गर्दा एकजनालाइ कर्मचारी र कार्यालयमा रहेका सेवाग्राहीहरुले पक्राउ गरि प्रहरीमा बुझाएको छ । पक्राउ पर्नेमा सो पार्टीका जिल्ला संगठन समिती सदस्य दावा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
आफुसित पुर्नगठित माओवादीका कार्यकर्ताहरुले पटक पटक ५० हजार रुपैया चन्दा मागेको र सो नदिदा त्यस्तो गरेको वन अधिकृत ठाकुरले बताए । तर पुर्नगठित माओवादीका केन्द्रीय सदस्य बिक्रान्तले वन विनासमा सक्रिय रहेका कारण वन अधिकृत ठाकुरलाई जन कारवाही गरिएको बताए ।
source:-ekantipur









0 commentaires