आज श्रीपन्चमी पर्व, सरस्वती मन्दिरहरुमा भीड

२५ माघ, काठमाडौं । विद्याकी देवी सरस्वतीको पूजा गरी मंगलबार श्रीपन्चमी पर्व मनाइँदै छ । सूर्य उत्तरतिर लागि दिन लामो हुने र बसन्तऋतु सुरु हुने भएकोले यस दिनलाई बसन्तपन्चमी पनि भनिन्छ । आजदेखि बसन्तु ऋतु सुरु भएको छ ।

बाल बालिकालाई अक्षराम्भ गराउने उपयुक्त दिन मानेर उनीहरुलाई घर घरमा पठन पाठन सुरु गराइन्छ । आज विहान स्नान गरी पूजा गर्दा विद्या, बुद्धि र ज्ञान प्राप्त जनविश्वास छ । देशभरका सरस्वति मन्दिरहरुमा विहानैदेखि सरस्वतिको पूजा गर्ने विद्यार्थी तथा श्रद्धालुहरुको भीड लागेको छ ।

शिक्षक, विद्यार्थी, गायक, संगितकार, लेखक, साहित्यकारलगायत सबै बिधाका साधकहरुले आज आ-आफ्नो कला साधनका उपदानहरु किताब, कलम, वाद्ययन्त्रहरुको पूजा गर्दछन् । सरस्वति पूजाको शुभ दिन भएकोले विवाह गर्दा साइत हेर्न नपर्ने मान्यता छ ।

source:-onlinekhabar
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login