कास्की, फाल्गुन २ - हत्यारालाई कार्वाही गर्न माग गर्दै मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालयमा दिनहुँ धर्ना दिएका छन । स्याङजाकी ३२ वर्षीय माला गुरुङको शव एक साताअघि पोखरा १२ स्थित कार्कीडाँडामा भेटिएको थियो ।
उनलाई हत्या गरी फ्याँकिएको भन्दै आफन्तहरुले हत्यारामाथि कार्वाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा धर्ना दिएका हुन् । मृतकको शवको घाँटीमा सलले कसेर मारेको डाम भेटिएको प्रहरीले जनाएको छ ।
घटनाको छानवीन गरी दोषिमाथि कार्वाही गर्नेतर्फ प्रहरी गम्भिर नभएको आरोप लगाउँदै पीडित परिवारले प्रहरी कार्यालय घेराउ गर्ने चेतावनी दिएका छन् । दुइ दिन अघि देखि माइतीसंग सम्पर्क विच्छेद भएकी उनलाई प्रहरीले मृत अवस्थामा फेला पारेको हो ।
दुई महिना अघि वैदेशिक रोजगारबाट फर्किएका श्रीमानसंगको सम्बन्ध राम्रो नभएपनि मालाले हत्याको दुई दिन अघिसम्म श्रीमानसंगै रहेको टेलिफोनमा बताएकी आफन्तले जनाएका छन् । 'नरनारायण बाबाको भक्त उनी रामघाट स्थित बाबाको आश्रमै बास बस्न जान्छु भन्दै घरबाट निस्केको तीन दिन पछि हत्या गरेको अवस्थामा भेटिईन' मृतककी बहिनी जमुनाले भनिन् 'दिदी घर फर्केलीन भनेको त नसोचेको घटना भोग्नु पर्यो ।'
जमुनाले यही माघ ७ गते नै श्रीमानसंग सम्बन्धविच्छेद गरेको मृत्यु पछि मात्रै खुल्न आएको बताईन । तर, मालाका श्रीमान रमेश भन्ने टुकबहादुरले भने पत्नीको हत्या भएको भन्दै पहिल्यै प्रहरीमा जाहेरी दिएका थिए । माइती पक्षले हत्यामा रमेशकै हात रहेको आरोप लगाउँदै प्रहरीमा जाहेरी किटानी दिएका छन । जाहेरीपछि प्रहरीले अनुसन्धानका लागी रमेशलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखेको छ ।
माईतीमा सम्बन्ध विच्छेदको बारेमा नखुलाएकी मृतक मालाले नरनारायण मन्दिरका केही कर्मचारीसंग श्रीमान्संग सम्बन्धविच्छेद गरेकोले १० लाख रुपयाँ पाउने बताएको आफन्तले बताए । 'त्यही पैसा माग्दा दुवै बीचमा खटपट भई उनको हत्या भएको हुन सक्छ' जमुनाले भनिन् 'दिदीको हत्यारालाई चाडै कडा भन्दा कडा कार्वाही हुनुपर्छ ।' जमुनाले प्रहरीले अनुसन्धान प्रकृया अघि बढाउन ढिलासुस्ती गरिरहेको आरोप लगाइन ।
प्रहरीले घटनाको बारे अनुसन्धान भईरहेको जनाएको छ । 'अनुसन्धानका लागी श्रीमानलाई नियन्त्रणमा लिएका छौ' जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक यादवराज खनालले भने । मालाको १३ वर्षस्याङजा चरङ कालीकोटका रमेशसंग बिबाह भएको थियो । विवाह पछि सात वर्षसंगै बसे पछि उनी श्रीमानबाट छुट्टएिर लेखनाथ बुढीबजारमा रहेको आफनै माइतीघरमा बस्दै आएकी थिइन ।
source:-ekantipur









0 commentaires