चुरोट र रक्सी बोकेर विद्यालय जानेलाई पुरस्कार !


२ फागुन, पर्वत । कुनै पनि विद्यालयले आफ्ना विद्यार्थीलाई विद्यालयबाट घर फर्कंदा भोलिपल्ट गृहकार्य गरेर आउन अह्राउने गर्छन्, तर पर्वतको चित्रे गाविसमा अवस्थित एक विद्यालयले भने आफ्ना छात्रछात्रालाई गृहकार्यसँगै घरमा भएका चुरोट र रक्सी बोकेर आउन अनुरोध गर्ने गरेको छ ।
शिक्षकको आज्ञाअनुसार छात्रछात्रा पनि घरमा भेटेजति चुरोट र रक्सी बोकेर विद्यालय जाने गरेका छन् । तर, उनीहरुले कसैको लत मेटाउन भने यसो गरेका होइनन् ।
जिल्लाकै नमुना विद्यालयका रुपमा चिनिएको पञ्चकोसी माध्यमिक विद्यालयले बालबालिकाका आमाबाबुले प्रयोग गर्ने चुरोट तथा मदिराजन्य पदार्थ विद्यालय पुर्‍याउने विद्यार्थीलाई पुरस्कार दिने भएपछि उनीहरुले यस्तो गर्ने गरेका हुन् ।
विद्यालयले गाउँलाई धूमपान तथा मद्यपान निषेधित क्षेत्र बनाउनका लागि यस्तो अभियान सुरु गरेको हो । धूमपान र मद्यपानले बालबालिकामा समेत सिको गर्ने नराम्रो बानी बस्ने खतराले गर्दा पुरस्कारै स्थापना गरेर अभियानको थालनी गरेको शिक्षक मधुसुधन अधिकारीले बताउनुभयो ।
‘अभिभावकले बालबालिकाको अगाडि बसेर धूमपान, मद्यपान गर्दा त्यसको सिको बालबाच्चले पनि गरेको पायौँ’ अधिकारीले भन्नुभयो- ‘त्यसको विकल्पमा बालबच्चालाइ नै सक्रिय बनाएर नियन्त्रण अभियानमा लागेका हौँ ।’
मद्यपान र धूमपानका सामग्री विद्यालय लिएर जाने विद्यार्थीलाई त्यति नै मूल्यबराबरको नगद पुरस्कार विद्यालयले दिने गरेको अधिकारीले बताउनुभयो ।
अधिकारीका अनुसार यस्तो अभिायन सुरु गरेपछि विद्यालयमा एक डाली खैनी, चुरोट, बिँडी जम्मा भएको छ । रक्सीको विषयमा भने प्रभावकारी कार्यान्वयन हुन नसकेको उहाँले बताउनुभयो । यो अभियान सुरु गरिएपछि ४६ घरधुरी रहेको चित्रेमा धूमपान र मद्यपान गर्ने अभिभावकको सङ्ख्यासमेत घटेको छ ।
विद्यालयको उक्त अभियान र नातिनातिनाले गर्ने दुव्र्यबहारका कारण लामो समयदेखिको आफ्नो लत नै छाड्न बाध्य भएको स्थानीय एक वृद्ध अभिभावक अगन्धर चापागाईंले बताए ।
यस्तो अभियानमा विद्यार्थीको हौसला पनि उत्तिकै रहेको विद्यालयले जनाएको छ । विद्यालयको स्याबासी पाउनकै लागि भए पनि अभिभावकले खाने गरेको चुरोट, बिँडी उनीहरुले थाहा नपाउने गरी विद्यालय लैजाने गरेको सो विद्यालयकी छात्रा अमृता पौडेलले बताइन् । रासस
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login