मास हिस्टेरियाले विद्यालय बन्द


२७ माघ, दोलखा । छात्राहरु एक्कासी बिरामी परेपछि दोलखाको हावा गाविसस्थित अम्बिका निम्न माद्यमिक विद्यालय तीन दिनका लागि बन्द भएको छ । छात्राहरुमा हात बाँध्ने, र्‍याल र फिँज काड्ने, काम्ने र चिच्याउने जस्ता लक्षण देखिएपछि विद्यालय बन्द गरिएको प्रधानाध्यापक बेदबहादुर महतले जानकारी दिनुभयो ।
कक्षा ३ देखि ५ सम्म अध्ययन गर्ने १० देखि १५ बर्ष उमेर समूहका छात्राहरु बिरामी परेका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख ईन्द्रप्रसाद यादवले लक्षणअनुसार छात्राहरुमा ‘मास हिस्टेरिया’ हुनसक्ने आशंकामा रोग प्रभावित क्षेत्रमा औषधिसहित स्वास्थ्यकर्मीको टोलि पठाइएको जानकारी दिनुभयो ।
हावा उपस्वास्थ्य चौकीका लामो समयदेखि अहेवको दरवन्दि रिक्त रहेका कारण बिरामी छात्राहरुको उपचारमा समस्या भएको छ । मातृ शिशु कार्यकर्ता मिरा सुनुवारको भरमा उपस्वास्थ्य चौकी चल्दै आएको छ । @ onlinekhabar

Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login