पन्ध्र हजारको अभावले मृत्यु कुर्दै दलित महिला


जीवन विसी सल्यान, १५ माघ उपचार अभावमा थारमारेकी एक दलित महिलाको बिच्चली भएको छ । पाँच वर्षअघि तीन सन्तानसँगै श्रीमान्ले छाडेपछि अलपत्र थारमारे-४ की मनकली परियार औषधोपचारको अभावमा बिच्चलीमा परेकी हुन् ।
एक वर्षदेखि पाठेघर खस्ने रोगबाट पीडित बनेकी परियारले उपचारको अभावमा जीवन-मरणको दोसाँधमा पुगेको भन्दै सहयोगका लागि याचना गरेकी छिन् । 'रोगले म जीवन-मरणको दोसाँधमा छु,' उनले रुँदै भनिन्, 'मलाई केही भए मेरा तीन सन्तान भोकै मर्नेछन् ।' श्रीमान्ले छाडेदेखि शारदा खोलाको किनारामा मजदुरी गर्दै आएकी मनकली रोगले च्याप्दै गएपछि मजदुरी पनि गर्न छाडेकी छिन् । मजदुरी गर्न छाडेलगतै उनको चुलोमा आगो बल्न छाडेको उनले बताइन् । ६ महिनाअघि उपचारका लागि मजदुरी गरेर जम्मा गरेको पैसा लिएर नेपालगन्ज गएको, तर पैसा नपुगेपछि उपचारै नगरी फर्केको उनले बताइन् । 'अप्रेसनका लागि १५ हजार चाहिने भन्यो । पैसा नभएपछि उपचारै नगरी फर्किएँ । अहिले रोगले झन् चाप्दै गएको छ,' उनले नयाँ पत्रिकासँग भनिन्, '१५ हजारको अभावले मृत्यु कुरेर बसिरहेको छु ।'
आफू बिरामी भएदेखि छोरीले प्रहरीको र दुई छोराले होटलमा भाँडा माझेर छाक टारिरहेको उनले बताइन् । १४ वर्षकी छोरी निर्मला परियारले इलाका प्रहरी कार्यालयमा कार्यरत एक प्रहरीको डेरामा भाँडा माझेर जीवन चलाउँदै आएकी छिन् भने ७ र ४ वर्षका दुई छोराले थारमारेकै स्थानीय होटलमा भाँडा माझेर छाक टार्ने गरेका छन् । ६ महिना छोराछोरीको कमाइले आधा पेट खाएर बाँचेको उनले बताइन् । 'बसेको घरको भाडा पनि ७ महिनादेखि तिर्न सकेको छैन,' उनले भनिन्, 'अब कसरी बाँच्ने होला ?'
मनकलालाई ५ वर्षअघि श्रीमान् भीमबहादुर परियारले ५ वर्षअघि तीन सन्तानसँगै छाडेका थिए । आफू ९ वर्षअघि श्रीमान्सँगै रोल्पाबाट थारमारे आएकी उनले बताइन् । दुवैजनाको मजदुरीले घर बनाउनका लागि जग्गा पनि किनेँ, तर रोल्पाबाट आएको चार वर्षपछि श्रीमान् भीमबहादुरले मजदुरी गरेर किनेको सबै सम्पत्ति बेची, दोस्रो बिहे गरेर भारत गएका थिए । श्रीमान्ले छोडेदेखि आप\mनो दुःख सुरु भएको उनले बताइन् ।


source:-nayapatrika
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login