पीडानाशक औषधिले हृदयाघातको खतरा


काठमाडौ, माघ १५ - तपाईं दुखाइनाशक औषधि सेवनमा अभ्यस्त हुनुहुन्छ भने सावधान भइहाल्नुस् । नयाँ अनुसन्धानअनुसार पीडा शमन गर्नका लागि प्रचलित डाइक्लोफेनाक र आइबुप्रोफेन जस्ता औषधिहरू मुटु रोगका कारक बन्न सक्छन् ।
प्रचलित यस्ता सबै पेनकिलर औषधिहरू मुटुका लागि खतरनाक हुन्छन्, जसलाई सामान्यतः व्यक्तिहरू पीडा घटाउन उपयोग गर्छन् । यस्ता औषधिमा पारम्परिक ननस्टेराइडल एन्टिइन्फलेमेट्री र नयाँ एन्टिइन्फलेमेन्ट्रीसमेत पर्छन् । पारम्परिक डाइक्लोफेनाक र आइबुप्रोफेन औषधि गठिया र अन्य गम्भीर दुखाइका बेला सम्बद्ध रोगीहरूले प्रयोग गर्छन् ।
स्विट्जरल्यान्डमा यसबारे भएको अनुसन्धानमा १ लाख १६ हजार ४ यस १९ रोगीमाथि ३१ चोटि ट्रायल परीक्षण गरिएको थियो । उनीहरूलाई न्यापरोक्सेन, आइबुप्रोफेन, डाइक्लोफेनाक, सलिकाक्सिभ, इन्टोरिकाक्सिभ, रोफेकाक्सिभ, ल्युमिराकाक्सिभ दिइएको थियो । कार्डियोभास्कुलर जोखिमको वास्तविकता पहिचान गर्न सकियोस् भनी सहभागीहरूलाई यी औषधिको सेवन गराइएको थियो । अनुसन्धानकर्ताहरूले यी औषधिको सेवनपछि सबै सहभागीहरूमा मुटुसम्बन्धी समस्या पाए । उक्त अध्ययन प्रतिवेदनअनुसार २९ औं ट्रायल परीक्षणमा ५ सय ५४ रोगीमा हृदयाघात देखियो । २६ औं ट्रायलमा करिब ३ सय ७७ रोगीलाई स्ट्रोक भएको थियो । २८ औं ट्रायलमा ६ सय २४ रोगीको मृत्यु भएको थियो ।
अनुसन्धानकर्ताहरूले के पाए भने रोफेकाक्सिभ र ल्युमिराकाक्सिभ औषधि हृदयाघातका लागि दुई गुणा दोषी थिए । आइबुप्रोफेनलाई औषधि स्ट्रोकका लागि तेब्बर दोषी पाइयो । यस्तै, इन्टोरिकाक्सिभ र डाइक्लोफेनाक उच्चतम कार्डियोभास्कुलर मृत्युका लागि जिम्मेवार हुन्छन् । न्यापरोक्सेनसहित अन्य सातवटै पेनकिलर अन्य औषधिको तुलनामा मुटुसम्बन्धी जोखिमका लागि कम हानिकारक रहेको उक्त अध्ययनको उल्लेख छ ।
हृदयाघात रोक्न ओ रक्त समूह सहयोगी
नयाँ अनुसन्धानअनुसार 'ओ' रक्त समूहले कुनै पनि व्यक्तिलाई हृदयाघातबाट बचाउन सहयोगी भूमिका खेल्छ । मानव शरीरमा जुन जीनले 'ओ' रक्त समूह उत्पन्न गर्ने एन्जाइम्स निकाल्छ त्यसले धेरै हदसम्म हृदयाघातबाट समेत जोगाउने विज्ञान पत्रिका 'लान्सेट' मा उल्लेख छ ।
यो अनुसन्धान अमेरिकाको पेन्सिलवानिया विश्वविद्यालयअन्तर्गत कार्डियोभास्कुलर इन्स्िटच्युटको अन्तर्राष्ट्रिय टोलीले गरेको हो । यसका लागि उक्त टोलीले हृदयाघातबाट पीडित ६ हजार र हृदयरोगबाट पीडित करिब साढे ७ हजार व्यक्तिबीच तुलनात्मक अध्ययन गरेको थियो । त्यसबाट 'ओ' रक्त समूहका व्यक्ति हृदयसम्बन्धी रोगबाट हत्तपत्त पीडित हुन नसक्ने पुष्टि त भयो, तर त्यसले कुन सीमासम्म रक्षा गर्छ भन्ने अझै प्रस्ट हुने सकेको छैन । यसबारे उक्त अनुसन्धान मौन छ ।


source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login