काठमाडौ, माघ १५ - तपाईंमा भगवान्को प्रार्थना गर्ने बानी छ कि छैन ? छैन भने यस्तो अभ्यासमा लागिहाल्नुस् । ईश्वरको स्तुति गर्नाले असहज अवस्थाबाट मुक्ति पाउन भावनात्मक रूपले निकै सहयोग मिल्ने अमेरिकाको विस्कोन्सन विश्वविद्यालयका समाजशास्त्रीहरूले बताएका छन् ।
उनीहरूले गरेको अनुसन्धानले के देखाएको छ भने नियमित पूजाआजा गर्ने व्यक्तिहरू रोगव्याधि, दुःख, तनाव, क्रोधबाट तुलनात्मक रूपमा उन्मुक्त हुन्छन् । अमेरिकामा करिब ७५ प्रतिशत सातामा एकपटक वा यसभन्दा बढी न्यासध्यान गर्छन् । त्यस्ता व्यक्तिहरूले नकारात्मक स्थितिबाट चाँडै पार पाउने गरेको उक्त अनुसन्धानमा दाबी गरिएको छ ।
ती समाजशास्त्रीहरूले के बताएका छन् भने नियमित रूपमा पूजाअर्चना गर्नाले कुनै पनि व्यक्तिमा सकारात्मक सोच विकास हुन्छ, उनीहरूको शरीरमा ऊर्जा सञ्चार हुन्छ । यो निष्कर्षमा पुग्नुअघि ती समाजशास्त्रीहरूले कैयौं व्यक्तिहरूलाई भेटेका थिए । तीमध्ये अधिकांशले आफू अप्ठयारो अवस्थामा रहेका बेला ईश्वरले सहयोग गर्ने कुरा स्वीकार गरेका थिए ।
सामान्य जीवनमा कुनै विषयलाई लिएर हामी क्रुद्ध वा दुःखित रहेका बेला मनमा नकारात्मक कुरा आउँछ । ईश्वरमा विश्वास गर्ने व्यक्तिहरू रिसका बेला भगवान्कै चिन्तन गर्छन् र उनीसँग आपmनो तारतम्य मिलाउने प्रयास गर्छन् । ईश्वरको प्रवृत्ति शान्त हुन्छ । शान्त चित्तले ईश चिन्तन गर्दा रिस वा दुःख त्याग्न सफलता मिल्छ । यसो गर्नाले धेरै समस्याबाट पार पाइन्छ । भगवान् पुकारा गर्ने बानीले समस्यासँग जुझ्न पनि सघाउँछ ।
पूजा, प्रार्थनाका बेला सोचाइ सकारात्मक र सहज हुन्छ । यसको प्रभाव काममा पर्छ । अनुसन्धानकर्ताहरू के भन्छन् भने पूजा, प्रार्थनाबाट लाभ लिनु छ भने त्यस्तो कर्म नियमित रूपमा गर्नुपर्छ ।
source:kantipur









0 commentaires