रौतहट, माघ १६ - जनकपुरबाट अपहरण गरी ल्याएको एक बालकको रौतहट प्रहरीले शनिबार राति उद्धार गरको छ । अपहरणकारी भने भाग्न सफल भएको छ ।
धनुषाको कुमरौल गाबिस-४ का ५ वर्षीय बालक नितिस यादबलाई अज्ञात समूहले अपहरण गरी रौतहट ल्याएको हो । रौतहट सर्लाही सिमामा पर्ने बागमति किनारमा प्रहरी सहायक निरीक्षक नन्दकिसशोर सिहको गस्ती टोलीले बालकलाई उद्धार गरेको प्रहरी निरीक्षक मधुकुमार थापाले बताए । प्रहरी गस्ती टोली देखे पछि अपहरणकारी भागेको थियो । घट्नाका संलग्न बिनोद यादबको नाम खुले पनि अर्का एकको भने नाम खुलेको छैन ।
अपहरणकारीले बोर्डिङ्ग पढ्न जादा शुक्रबार बिहान धनुषाबाट बालकलाई अपहरण गरेको प्रहरीले जनाएको छ । अपहरीत बालकको अबस्था ठिक रहेको र अभभाबकलाई समेत खदर गरेको प्रनि थापले जानकारी दिए ।
source:-ekantipur









0 commentaires