घरबाट निकालिएको १५ वर्षपछि न्याय पाइन् चाँदनीले


बिहे भएकै दिनदेखि मेरो जीवन बर्बाद भयो,तर ढिलै भए पनि अदालतले मलाई न्याय दियो
पति र ससुराले घरनिकाला गरिदिएपछि १५ वर्षदेखि न्यायका लागि हारगुहार गरिरहेकी महिलाले बल्ल न्याय पाएकी छिन् । जिल्ला अदालत सप्तरीले बिहीबार श्रीमान्ले कान्छी ल्याएपछि विनाकसुर घरबाट निकालिएकी चाँदनी झाको पक्षमा फैसला गरेपछि ढिलै भए पनि उनले न्याय पाएकी हुन् 
१५ माघ, ०५१ मा चाँदनीको बिहे राजविराज-७ प्राध्यापक अमरकान्त झाका छोरा पंकजसित भएको थियो । तर, बिहेको केही समयमै ससुरा र पतिले चाँदनीलाई घरनिकाला गरिदिएपछि उनले स्थानीय अधिकारवादी संस्था हुपेकको सहयोगमा २२ कात्तिक, ०६४ मा छुट्टाछुट्टै तीनवटा मुद्दा जिल्ला अदालत, सप्तरीमा दायर गरेकी थिइन् 
पति पंकजकुमारविरुद्ध दिइएको बहुविवाह मुद्दाको टुंगो लगाउँदै जिल्ला अदालत सप्तरीका न्यायाधीश नागेन्द्रलाल कर्णको एकल इजलासले चाँदनीको हकमा फैसला सुनाएको हो । फैसलामा पीडित चाँदनीका श्रीमान् पंकजलाई एक महिना कैद र हजार रुपैयाँ जरिवाना तोकिएको छ । अदालतले पंकजकी कान्छी श्रीमती किरणलाई सफाइ दिए पनि अंश मुद्दामा एक साताभित्र उनीसँग बयान लिने आदेश सुनाएको पीडितका पक्षबाट वकालत गर्दै आएका हुपेक अध्यक्ष एवं अधिवक्ता धर्मेन्द्र यादवले नयाँ पत्रिकालाई बताए 
फैसलापछि वर्षौँदेखि न्यायका लागि भौँतारिरहेकी पीडित चाँदनीले खुसी व्यक्त गरिन् । फोन सम्पर्कमा चाँदनीले भनिन्, 'अमरकान्त झाको परिवारमा बिहे भएकै दिनदेखि मेरो जीवन बर्बाद भयो । ढिलै भए पनि अदालतले मलाई न्याय दिएको छ । म निकै खुसी छु ।'
यसैबीच घरबाट निकालिएको १५ वर्षपछि अदालतबाट न्याय पाए पनि जिल्ला प्रशासनका कर्मचारीको बदमासीका कारण पतिको नामबाट नागरिकता बनाउन समस्या भएको चाँदनीले गुनासो गरेकी छिन् 
प्रशासनका कर्मचारीले उनका कागजी प्रमाणहरू गायब गरी अदालतलाई पत्र लेखेका कारण उनको अंश मुद्दाको पनि टुंगो लाग्न नसकेको अधिवक्ता यादवले बताए । प्रशासनका कर्मचारीको बदमासीले उनी हालसम्म नागरिकता लिनबाट वञ्चित छिन् 

source:-nayapatrika
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login