जागरण


'तपाईंसँग मायावी शक्ति हुनुपर्छ '
ज्ञान प्राप्त गरेपछि भगवान् बुद्ध कुनै गाउँको बाटो हुँदै कतै गइरहेका थिए । उनको भव्य रूप र व्यक्तित्वको सुगन्ध परैबाट चाल पाएर एक किसान उनको छेउमा आए । आश्चर्यपूर्वक बुद्धलाई हेर्दै ती किसानले सोधे, 'मित्र, तपाईं को हुनुहुन्छ ? तपाईंको छेउमा रहँदा मलाई कुनै देवता वा ईश्वरको सम्मुख उपस्थित भएझैँ अनुभूत भइरहेको छ ।'
'म ती दुवै होइन,' बुद्धले जवाफ दिए ।
किसान बुद्धको जवाफले सन्तुष्ट भएका थिएनन् । 'त्यसो भए पक्कै पनि तपाईंसँग मायावी शक्ति हुनुपर्छ ।'
'होइन, मसँग कुनै मायावी शक्ति छैन ।'
किसानले फेरि सोधे, 'उसोभए तपाईंसँग त्यस्तो के छ जो मजस्तो सामान्य किसानका आँखामा पनि दृष्टिगोचरभइरहेको छ ?'
बुद्धले सौम्यभावमा बताए, 'म केवल जीवनको सुशुप्त अवस्थाबाट ब्युँझएिको छु । यही सत्य म सबैलाई बताइरहेको छु, तर कोही विश्वास गर्न तयार छैन !'
***

भगवान् बुद्धलाई एकदिन तिर्खा लाग्यो । उनले शिष्य आनन्दलाई नजिकैको झरनामा पानी लिन पठाए । त्यो झरनामा केहीबेर अघि केही जनावरले नुहाएका थिए । त्यसकारण झरनाको पानी फोहोर भएको थियो । आनन्द पानी नलिईकनै फर्केर आए । झरनाको पानी फोहोर हुनुको कारण बेलिबिस्तार लगाउँदै उनले बुद्धलाई भने, 'गुरु, अर्कै कुनै नदीबाट पानी ल्याऊँ कि ?'
तर बुद्धले भने, 'होइन आनन्द, त्यही झरनाबाट पानी ल्याऊ ।' पानी त अझै फोहोरै थियो । आनन्द तीनचोटिसम्म झरनामा जाँदै, फेरि फर्किन्थे । अनि फेरि गुरुको उही आदेश पाएर त्यही झरनामा पानी लिन जान्थे । चौथोचोटि झरनामा पुगेपछि आनन्द प्रफुल्लित भए, किनभने यसपटक झरनाको पानी सफा भइसकेको थियो । अन्ततः उनले सफा पानी लिएर आए ।
पानी पिएपछि भगवान् बुद्धले आनन्दलाई प्रेरक ज्ञान प्रदान गरे, 'आनन्द, हाम्रो जीवनको झरनालाई पनि अनेक कुविचारका पशुले फोहोर पारिरहन्छन् । हामी त्यो फोहोरबाट डराएर भागिरहन्छौँ । जुन दिन हामी भाग्दैनौँ, मन शान्त नहुँदासम्म प्रतीक्षा गर्छां, तब सबै कुविचार सफा हुन्छन् । झरनाको पानीजस्तै त हो मान्छेको मन ।'
आनन्द भगवान् बुद्धको कुरा सुनेर प्रसन्न भए ।

source:-nayapatrika
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login