विद्यालयमा भएको झडपमा घाइते भएका एकको मृत्यु


सिरहा , माघ १५ - विद्यालयको विवादमा भएको झडपमा घाइते भएका एक जनाको शुक्रबार भारतको सिलिगढीमा उपचारको क्रममा मृत्यु भएको छ ।
प्राथमिक विद्यालय लक्षिमपुरको प्रांगनमा मंगलवार भएको झडपमा घाइते लक्षिमपुर -५ घर भई उक्त विद्यालय ब्यबस्थापन समितिका सदस्य मानबहादुर माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिरहा ल्याइएको छ ।
माझीको मृत्युको खबरले लक्ष्मिपुर गाउको स्थिति तनाबग्रस्त बनेको स्थानीयबासीले बताए । गाउमा माझी पक्षका ब्यक्ति तथा आपmनतहरु आक्रोशित भएकोले पूनः झडप हुने अबस्था रहेको रामकुमार यादवले बताए ।उक्त झडपमा १० जना गम्भीर घाइते भएका थिए ।
लक्षिमपुर प्र.म ५ का सुनिल माझी, मोहन बहादुर माझी, वडा ६ का पशुपति महतो, छेदीलाल महतो, योगेन्द्र महतो, किशुनलाल महतो र वडा ७ बस्ने रामबहादुर महतो घाइते भएका थिए । पशुपतिको वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ भने अन्यको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको छ ।
लक्ष्मिपुरस्थित प्राथमिक विद्यालयमा प्रधानाध्यापक शिवनन्दन यादवले विद्यालय ब्यबस्थापन समितिका सदस्य मानबहादुरले सोमवार शिक्षक अमिरी यादवलाई समयमा विद्यालय आउन भन्दै धम्क्याएपछि विवाद भएको बताए । 
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष र गाउका केही अभिभावकहरुले मंगलवार विद्यालयमा आई प्रअ यादवलाई नियमित विद्यालय समयभित्र विद्यालयमा बस्न आग्रह गरेपछि प्रअ पक्षका ब्यक्तिहरुले तिमी को हो प्रअलाई यस्तो भन्ने भन्दै होहल्ला गरेपछि कुटाकुट भएको स्थानीय रामचन्द्र महतोले भने ।
शिक्षक अमिरी यादवले केही दिनमा विद्यालय ब्यबस्थापन समिति गठन हुने भएकोले गाउमा रहेको दुवै पक्षले एक अर्का पक्षको विद्यार्थीको विद्यालयमा नाम दर्त्ता नगर्न विद्यालयमा दवाव दिने गरेकोले पनि यो विवाद भएको बताए ।
लक्ष्मिपुरस्थित प्राथमिक विद्यालयमा प्रधानाध्यापक शिवनन्दन यादवले तिलक पासवानलाई हटाएर विद्यालय ब्यबस्थापन समितिको लागि देवनारायण पासवानको अध्यक्षतामा तदर्थ समिति गठन गरेपछि उक्त विद्यालयमा विवाद बढेको स्थानीय तनुकलाल महतोले बताए ।
प्रअ यादवले विद्यालयमा जिल्ला शिक्षा कार्यालयले दिएको दुई वटा पि.सि.एफ. शिक्षक कोटामा शिक्षक नियूक्ति गर्न पुस १२ गते गोप्य रुपमा विद्यालय ब्यबस्थापन समितिबाट निर्णय गराएपछि झन विवाद बढेको महतोले भने ।

 source:ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login