सेक्सको विकल्प संगित !


के सेक्सको पनि विकल्प हुनसक्छ ? बैज्ञानिकहरुले गरेका अनगिन्ति अध्ययन, अनुसन्धानले के देखाएको छ भने सेक्सको पनि विकल्प छ । त्यो हो संगित । सेक्स गर्नु नराम्रो वा संगितले सेक्सको निरपेक्षरुपमा काम गर्छ भन्ने अनुसन्धानको निष्कर्ष भने होइन ।
हालै गरिएको एक सर्वेक्षणका अनुसार संगितले मानब मस्तिष्कमा ‘डोपमिन’ नामक हर्मोन पैदा गर्छ । जुन महिला र पुरुषबीच सम्बन्धका क्रममा मस्तिष्कमा सृजित हुने गर्दछ । उक्त हर्मोनका कारण मानिसलाई आनन्दको अनुभूति हुने बैज्ञानिकहरुले बताएका छन् ।
‘अनुसन्धानमा राखिएका ब्यक्तिहरु जो संगित सुनिरहेका थिए, उनीहरुको मस्तिष्कको स्ट्रियटम भन्ने भागमा डोपमिन पैदा भएको दृश्य स्क्यानरले छर्लङ्ग देखायो । परिक्षणका लागि लिइएको ८ जनाको समुहले उनीहरुलाई मनपर्ने गीत सुनेका थिए । ‘स्क्यानरले हर्मोन पैदा भएको समय र स्थान दुबै देखाएको थियो,’ अनुसन्धानको निष्कर्ष प्रतिवेदनमा भनिएको छ, ‘स्टि्रयटमको एक भागमा १५ सेकेन्डसम्म डोपमिन फैलियो र पछि उत्तेेजना उत्कर्ष विन्दुमा पगेको थियो ।’
अनुसन्धानमा संलग्न स्वयंमसेवकहरुले शास्त्रिय, ज्याज, पङ्क, टाङ्गो, ब्यागपाइपसलगायतका गीतहरु श्रवणका लागि छानेका थिए । छनौटमा परेका केहि उत्कृष्ट गितहरु बार्बर्स, बेथोभेन, डिबुसीलगायतका गायकहरुको रहेको थियो ।
वास्तवमा विविध धर्म, सँस्कृति, जात, वर्ण आदि रहेको मानब समाजमा संगित उत्तिकैरुपमा लोकपि्रय हुनुको धेरै कारणहरुमध्ये मानब मस्तिष्कमा संगितले ल्याउने यस किसिमको प्रतिक्रिया पनि एक हो । संगितको बीचमा दोहोर्‍याइएको धुनले गीतको भाबना अझ बुलन्द बनाउन र आम श्रोताको मन छुने अनुसन्धानमा संलग्न बैज्ञानिकहरु बताउँछन् । भावनाको प्रस्फुटन र त्यसको संचार साँस्कृतिक कुरा नभएर प्राकृतिक हो । यसैकारण पनि हरेक सँस्कृतिमा संगितको जादुले छुने गरेको पाइन्छ । ‘संगितले जोकसैलाई सडकबीच नाँच्न बाध्य बनाउछ’ भन्ने भनाई यस सन्दर्भमा सार्थक देखिन्छ ।

source:-onlinekhabar
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login