राजधानीमा प्रहरी इन्काउन्टर टोली


१५ माघ, काठमाडौं । राजधानीमा साना हतियारको प्रयोग नियन्त्रण गर्न महानगरीय प्रहरी परिसर काठमाडौंले इन्काउन्टर टोली गठन गरेको छ । प्रहरी निरीक्षकको कमाण्डमा ‘स्पेशल स्क्वाएड’ गठन गरी साना हतियार र संगठित अपराध केन्द्रित अप्रेशन सुरु गरिएको हो ।
टोलीलाई आवश्यक परेका बेला अधिकतम बल प्रयोग गर्ने अधिकार दिइएको छ । प्रहरीस्रोतका अनुसार आधुनिक हतियारले सुसज्जित १५ सदस्यीय सो टोलीले आवश्यकताअनुसार आफूसँग रहेको हतियार प्रयोग गर्न सक्ने छ ।
टोलीमा आवश्यकताअनुसार सादा पोशाक र युनिर्फमसहित दुबै प्रकृतिका प्रहरी परिचालित हुनेछन् । काठमाडौंमा सबैभन्दा धेरै साना हतियारको प्रयोग हुने गरेको देखिएकाले नियन्त्रणका लागि स्क्वाएड गठन गरिएको एसपी पुष्कर कार्कीले जानकारी दिनुभएको छ ।
साथै प्रहरीले राजधानीका विभिन्न सुरक्षा संवेदनशिल स्थानहरुमा सिसिटीभि क्यामरा पनि थप गर्दै छ ।

source:-onlinekhabar

Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login