असफल प्रेमको जोखिममा युवापुस्ता


काठमाडौ, माघ १५  - दुर्गाबक्स गण मकवानपुरका सिपाही राजकुमार न्यौपानेले सन्ध्या पाण्डेलाई आफ्नो प्रेम अस्वीकार गरेपछि छुरी प्रहार गरी हत्या गरे र तिनै युवतीको डेरामा आत्महत्या गरे । 

 पि्रेमिकाले अर्कैसँग बिहे गरेको झोँकमा करिब दुई वर्षअघि कीर्तिपुरको चोभारमा एक युवकले प्रेमिकालाई गोली हानेपछि आफू पनि कञ्चटमा गोली हानेर मरे । 

 लिलितपुरको भैंसेपाटीमा फ्याल्ट लिई सँगै बस्दै आएका राजधानीको एक बैंकमा कार्यरत कास्कीका युवक र युवतीेबीच सम्बन्ध बिगि्रँदै गएपछि युवतीले काइदाको जागिर छाडेर घर फर्किनुपर्‍यो ।  

प्रेममा परेर पार पाउन नसकेका यी उदाहरणसँगै अब कुरा थालौं भृकुटीमण्डपमा रहेको नेपाल ल क्याम्पसमा स्नातकोत्तर सकेका एक जोडीको प्रेमकथाबारे । प्रेमीको शोषणमा परेकी युवती -जसलाई यहाँ रेखा भनिएको छ) ७ वर्ष मुटु साटेर बाँचेका प्रेमीले बिहे गरेपछि वियोगमा परेकी छिन् । उनले प्रहरीलाई दिएको जाहेरीअनुसार, 'पक्का बिहे गर्छु' भन्दै झूटो आश्वासनमा शारीरिक शोषणसमेत गरेका एक विद्यार्थी नेताले गत मंसिरमा धनी परिवारकी युवतीसँग बिहे गरी उनलाई धोका दिएका 

छन् । रेखाको घरमा समेत आउजाउ गर्ने ती विद्यार्थी नेतालाई उनका अभिभावकले समेत 'ज्वाइँसरह' सत्कार गर्दै आएका थिए । रेखाले उनीसँग यसै वर्षभित्र बिहे गर्ने योजना बुनेकी थिइन् । पेसाले कानुन व्यवसायीसमेत रहेका युवकले अन्त्यमा लोभमा परी अर्कै केटीलाई हतारमा बिहे गर्न भ्याए । 

रेखाका अनुसार, सुरुका दिनमा ती केटाले निकै पछ्याए । उनले मतलव गरिनन् । तर ल क्याम्पसमा १ वर्ष निरन्तर पछ्याउँदै प्रेम प्रस्ताव राखेपछि अन्ततः रेखा कन्भिन्स 

भइन् । त्यसपछि क्याम्पसभर उनीहरूको सम्बन्धबारे चर्चा हुनथाल्यो । रेखाले ती नेताले स्वार्थमा गरेको प्रेमलाई हार्दिकतासाथ ग्रहण गरिन् । यतिसम्म कि उनले आफ्ना रहर, चाहनामात्र नभई शरीरसमेत उनलाई सुम्पेकी थिइन् । जसको परिणाम एकपटक गर्भपतनसम्म पुग्यो । ७ वर्ष यसरी प्रेम यात्रालाई निरन्तरता दिँदै आएकी रेखालाई उनका प्रेमीले गत मंसिरमा छाडेर गए । धोका दिएर जाने ती युवकले बिहे र भोजको तामझाम गरिरहेका बेला रेखा भने बारम्बार आत्महत्याको प्रयास गर्दै थिइन् । राजनीतिशास्त्रमा स्नातकोत्तर सकेकी कानुनकी समेत विद्यार्थी रहेकी उनलाई हरेश खान नदिन उनको परिवार दिनरात खटिरहेको छ । रेखाका अनुसार, गत साउनमा ती युवकले खुसुक्क इङ्गेजमेन्ट गरेपछि उनले थाहा पाइन् । तर त्यसबेला उनका प्रेमीले 'यो परिवारको दबाबमा मात्रै हो, बिहे तिमीसँगै गर्छु' भनेका थिए । तर उनले वाचा पूरा गरेनन् । रेखा यतिबेला ती युवकका एसएमएस लगायतका प्रमाण बोकेर अधिकारकर्मी र प्रहरीसमक्ष न्यायका लागि हात फैलाइरहेकी छन् ।  

किन असफल हुन्छ प्रेम ?  

मनोपरामर्शदाता एवं त्रिभुवन विश्वविद्यालय मनोविज्ञान विभागकी सहप्राध्यापक डाक्टर नन्दिता शर्मा परिपक्वताको अभावमा सम्बन्ध टुट्ने गरेको बताउँछिन् । 'बिहेपूर्व जीवनसाथी रोज्न पाइन्छ, तर रोजेको जीवनसाथी बिना बाँच्न नसक्ने स्थितिमा पुग्न हुँदैन, यही नै अपरिपक्वता हो', उनी भन्छिन्, 'कुनै दिन दुईजना बीच असहमति बढे छाड्नसक्ने स्थितिमा युवायुवतीले आफूलाई राख्नुपर्छ ।' 

घरपरिवार र आफन्तको वास्ता नगरी मायाभन्दा ठूलो केही छैन भन्ने भ्रममा परेर आफ्नो संस्कार र मर्यादा बिर्सन नहुने उनी बताउँछिन् । 'सार्वजानिक भइसकेपछि प्रेम सम्बन्ध कुनै एक स्थानमा पुगेर टुट्यो भने पनि आफ्नो आत्मसम्मानमा ठेस नपुग्ने सम्बन्ध राख्नुपर्छ', उनी भन्छिन्, 'सामाजिक संरचनाअनुसार यस्ता घटनामा युवती बढी सचेत हुनुपर्छ ।'

मायामा कुनै छेकबार त हुँदैन, तर पनि गुमाउँदा पछुतो नहुने हिसाबले माया 

गर्नुपर्छ । परिपक्वताको अभावमा प्रेम असफल हुने गर्छ । क्षणिक शारीरिक आकर्षणलाई मुख्य मानेर प्रेममा परिहाल्नु अपरिपक्वता हो । वैचारिक समस्या पनि प्रेम सम्बन्ध असफल हुनुको कारण हो । दुईजना बीच कुरा नमिलेपछि असमझदारी बढ्छ र प्रेम सम्बन्ध टुक्रिने गर्छ । यस्तै स्वार्थ राखेर गरिएको माया पनि सफल हुँदैन । दुईमध्ये एकजनाले स्वार्थ राखेको रहेछ भने त्यो प्रेम सफल हुँदैन । माया गहिरो विश्वास र निःस्वार्थ प्रेममा अडिएको हुन्छ । आत्माबाट गरिएको प्रेम झूटो हुँदैन । चाहेको कुरा नपाउँदा उत्पन्न हुने संवेगलाई काबुमा राख्न नसक्नु युवा पुस्ताको समस्या हो । 

क्याम्पस पढ्ने विद्यार्थीको जमातले प्रेमलाई देखासिकीको रूपमा लिने गरेको डाक्टर शर्माको बुझाइ छ । 'गर्ल प|mेन्ड वा ब्वाइ प|mेन्ड नहुनेले आफू कमजोर भएको महसुस गर्छन्, आफ्नो सर्कलमा आफूलाई सक्षम देखाउन नसोची प्रेममा अघि बढ्छन्', उनी भन्छिन् । एकअर्काप्रति आकर्षण छैन भने प्रेम सम्बन्धलाई अघि बढाउनु उचित हुँदैन । फेरि प्रेम सम्बन्ध रहेकै बेला असहज परिस्थिति उत्पन्न भएको अवस्थामा वैवाहिक जीवनतर्फ आकषिर्त पनि हुनुहुँदैन । 

पछिल्लो समयमा प्रेममा असन्तुष्टि बढेर सम्बन्ध तोड्नेहरूको संख्या बढेको छ । प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार, गत साउनदेखि हालसम्म माया-प्रेमसँग सम्बन्धित २१ वटा निवेदन परेका छन् । असफल प्रेमका कारण युवा पुस्ता जोखिमतिर धकेलिरहेको छ । प्रेम असफल भएपछि  मार्न/मर्न पनि पछि नपर्ने उदाहरण छन् । यीमध्ये केहीले लागूऔषध लगायत नशाको सहारा लिन्छन् । जटिल बन्दै गएको समस्यामा नपर्ने हो भने प्रेममा चाहिनेभन्दा बढी अपेक्षा नराखी सम्झौता गरेर अघि बढ्न सक्नुपर्छ ।



source:-ekantipur 
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login