हेटौंडा , माघ १६ - भीम विराग संगीत साहित्य कला प्रतिष्ठानले गायक फत्तेमान राजभण्डारीलाई शनिबार 'बिजुलीमाया वन श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कार' प्रदान गरेको छ ।
एक लाख रुपैयाँको उक्त पुरस्कार बिजुलीमाया वन श्रेष्ठले हेटौंडामा एक समारोहबीच राजभण्डारीलाई हस्तान्तरण गरिन् । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति अम्बर गुरुङले पुरस्कृत व्यक्तित्वलाई दोसल्ला पहिर्याएका थिए । 'मोफसलबाट सम्मानित हुन पाउँदा गर्व लागेको छ,' पुरस्कार ग्रहणपछि गायक राजभण्डारीले भने । समारोहमा उनले आपmनो चर्चित गीत 'मर्न बरु गारो हुन्न...' सुनाएका थिए ।
उक्त पुरस्कार संगीत क्ष्ाेत्रमा दिइने यो मोफसलकै सर्वाधिक राशिको हो । यो पुरस्कारबाट यसअघि संगीतकार अम्बर गुरुङ तथा गायकहरू प्रेमध्वज प्रधान र भक्तराज आचार्य सम्मानित भइसकेका छन् । हेटौंडाका युवा उद्यमी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी आमाको नाममा २०६४ मा स्थापना गरेको उक्त पुरस्कार यसै वर्षदेखि एक लाख रुपैयाँको बनाइएको हो ।
'जीवित व्यक्तिको नाममा जीवित कलाकारलाई नै सम्मान गर्ने उद्देश्यले यो पुरस्कार स्थापना गरेका हौं,' श्रेष्ठले भने ।
प्रतिष्ठानले संगीतकार भीम विरागको जन्मदिन पारेर प्रत्येक माघ १५ गते पुरस्कार प्रदान गर्दै आएको छ । संगीतकार भीम विराग शनिबारदेखि नै ७६ वर्षमा प्रवेश गरेका छन् ।
समारोहमा पलेँटी सांगीतिक शृंखलाका संयोजक गायक आभास, गायकहरू सत्यराज आचार्य, सुजिल कर्माचार्य र आशिष श्रेष्ठलाई सम्मानसमेत गरियो ।
source:-kantipur










0 commentaires