भैंसी व्यापारी र प्रहरीबीच झडप


बारा, माघ १४ - बाराको जितपुरमा केही  भैंसी ब्यापारी र प्रहरीबीच शुक्रवार दिउसो झडप भएको छ ।  प्रहरीले स्थिति नियन्त्रणमा लिन १५ राउण्ड हवाई फायर गरेको छ ।
घटनामा २ प्रहरी सहित ६ ब्यापारी घाइते भएका छन् । आक्रोशित स्थानीय तथा भैंसी ब्यापारीले प्रहरी  चौकीको बार समेत तोडेका छन् ।
ईलाका प्रहरी कार्यालय जितपुरका ईञ्चार्ज प्रहरी नायब निरीक्षक अरुण कुशवाहाका अनुसार-प्रहरीले मर्न लागेको पाँच वटा भैंसिलाई बजारमा लग्न नदिए पछि भैंसी ब्यापारी आक्रोशित भएका थिए ।
उनीहरुले  भैंसी लग्न पाउनु पर्छ भन्दै आफ्नो आक्रोश पोखेका थिए । भारतबाट पर्सा जिल्लाको जयमंगलापुरको बाटो हुदै जितपुर भैसी बजारमा ट्रेक्टरबाट बेहोस अवस्थामा रहेको  भैंसी बेच्न ल्याउँदा प्रहरीले बाटोमै रोकेको हो ।
आफूहरुले पहिले यस्ता भैंसी लग्दा कुनै रोकटोक नभको र आज यसरी रोकटोक भएको जनाउदै ब्यापारीहरु प्रहरी माथि खनिएका हुन् ।
आक्रोशित व्यपारी समूहले गरेको ढुंगामुढाको कारण प्रहरी हवल्दार नरोत्तम थापा र जवान सोनालाल पटेल सामान्य घाइते भएका छन ।
सोही क्रममा बढी भैंसी ब्यापारी पनि घाईते भएको र उनीहरुको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीले जाकिर मियालाई नियन्त्रणमा लिएको छ ।
स्थिति नियन्त्रणमा रहेको बाराका प्रहरी उपरीक्षक मनोज न्यौपानेले बताए । आक्रोशित ब्यापारीहरुले भैंसीलाई आफ्नो नियन्त्रणमा लगेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login