राजनीतिक अस्थिरताले युवा विदेश पलायन बढायो


काठमाडौं, १४ माघ- देशमा उत्पन्न भइरहेको बेरोजगारीको समस्याका कारण युवा विदेश पलायन हुने क्रम तीव्र गतिमा बढिरहेको छ। राजनीतिक अस्थिरता नै बेरोजगारी समस्याको मुल कारण भएकाले अधिकांश युवा देशमा बसेर आफ्नो सपना पूरा नहुने ठानेर विदेश पलायन हुन लागेका हुन्।

नेपालमा बसेर के गर्न सकिन्छ र? न आफूले भने जस्तो जागिर न आफूले सोचेजस्तो पैसा नै त्यसैले बाहिर जाने सोँच बनाएको यसो भन्दै थिए चारित्रिक प्रमाणपत्र लिनको लागि महानगरीय प्रहरी आयुक्त कार्यालय रानी पोखरीमा लामवद्ध भएका युवा।
उनीहरूले देशको परिस्थिति र त्यसले निम्त्याएको समस्याबाट ग्रसित र दिक्दारी भएका कारण विदेशपलायन हुन बाध्य भएको बताए।

अमेरिकी राजदूतावासमा भेटिएका चितवनका अर्जुन अधिकारीले भने- 'अमेरिकामा जान भिसाको लागि निवेदन दिन आएको। त्यहाँ पुगेपछि केही न केही काम पाइहालिन्छ नी यहाँ जस्तो बेरोजगार भएर त बस्नुपर्देन पढाइको लागि भनेर निवेदन दिए पनि काम गर्नका लागि जानका लागेको उनले बताए।

उनी त एक पात्र मात्र हुन् तर नेपालका अधिकांश युवा अध्ययनको लागि भनेर निवेदन दिने र अध्ययन भिसा पाएपछि विदेश गएर काम गर्ने क्रम बढेको पाइन्छ।

विदेशमा साथीसँग डिपेन्डेड भिसामा जान लागेकी सिन्धुपाल्चोककी सीता भुजेल थोरै लगानी गरेपछि विदेशमा गई काम गर्न पाइने भएकाले आफ्नो केटासाथीसँग डिपेन्डेड भिसाको लागि निवेदन दिदैछिन्।

विदेशमा डिपेन्डेड भिसा लिएर जादाँ थोरै रकम खर्चगरे पुग्ने रहेछ उनले भनिन् करिब बेलायतको लागि रु आठ लाख लाग्नेमा साथी र म मिलेर रु चार चार लाख हालेर जान लागेको। 

विदेश पलायन हुने युवाहरूमा अधिकांश अध्ययन गर्नका लागि गएको पाइन्छ तर उनीहरूको मुख्य योजना भने काम गर्ने नै रहेको हुन्छ।

नेपालबाट बेलायतमा अध्ययन गर्न जानेको सङ्ख्यामा वृद्धि भएको पाइन्छ। मङ्सिर महिनाभर मात्र बेलायत जानका लागि २६० युवाले आवेदन दिएका छन् भने अमेरिकाको लागि २०० युवाले आवेदन दिएको पाइन्छ। 

त्यसैगरी अस्ट्रेलियामा २००, क्यानडामा १४०, पोल्यान्डमा ३५ र बाँकी अन्यदेशमा २४७ गरी जम्मा १०५७ जना युवाले विदेशमा अध्ययनका लागि निवेदन दिएको पाइन्छ।

युवाहरू विदेश पलायन हुनुको मुख्य कारण देशमा रहेको राजनीतिक तरलता नै भएको अर्थविद्को भनाइ रहको छ। 

अर्थविद् दीपेन्द्रबहादुर क्षेत्रीले देशमा राजनीतिक तरलता भएका कारण राज्यले युवावर्गलाई आर्थिक क्रियाकलापमा लाग्न प्रेरित गर्न सकेन ,त्यसैको फलस्वरूप युवामा नैराश्यता उत्पन्न भएर विदेश पलायन हुन लागेको बताए।

उनले राज्यले विदेश पलायनलाई रोक्न नयाँ नीति ल्याउनुपर्छ भन्दै यसरी नै युवावर्गलाई बेवास्ता गर्दै जाने हो भने केही वर्षमा नै नेपालमा युवा वर्ग खोज्न पर्ने अवस्था आउने उल्लेख गरे।

मङ्सिर महिनामा मात्र काम गर्न र अध्ययनका लागि सात हजार ५६५ जना युवाहरूले विभिन्न देशमा निवेदन दिएको तथ्याङ्क रहेको छ। रासस

Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login