९० प्रतिशतभन्दा बढी महिला यौनरोगी {स्वास्थ्य}


१५ माघ, कन्चनपुर । कन्चनपुरको ग्रामिण क्षेत्रका ९० प्रतिशतभन्दा बढी महिला यौनरोगबाट पीडित भएका पाइएको छ । यौनाङ्गको नियमित सरसफाइमा कमी र असुरक्षित यौनसम्पर्कका कारण उनीहरू प्रभावित भएका उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।
निर्धनवर्गका महिलाको प्रजनन स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले संयुक्त राष्ट्रसङ्घीय निकाय युनिसेफ र यूएनएफपीएको सहयोगमा यहाँका त्रिभुवनबस्ती र पिपलाडी स्वास्थ्य चौकीमा सञ्चालित निःशुल्क प्रजनन स्वास्थ्य शिविरमा उपचारका लागि पुगेका अधिकांश महिला यौनरोगबाट पीडित भएका शिविरका संयोजक जीवन घिमिरेले बताउनुभयो ।
शिविरमा उपचारका लागि आएका अधिकांश महिलामा योनीबाट सेता पानी बग्ने, तल्लो पेट दुख्ने, महिनावारीमा गडबडी हुने, यौनाङ्ग चिलाउने र जटिल प्रकृतिका यौनरोग देखापरेको उहाँले जानकारी दिनुभयो । संयोजक घिमिरेका अनुसार त्रिभुवनबस्तीमा नौ सय ४६ महिलाको र पिपलाडीमा एक हजार २१ जना महिलाको स्वास्थ्य परीक्षण गरिएको छ ।
स्वास्थ्य परीक्षण गरिएकामध्ये त्रिभुवनबस्तीका २३ र पिपलाडीका २२ जना पाठेघर खसेका महिलाहरूलाई निःशुल्क शल्यक्रियाका लागि यातायात खर्च, खाना खर्चसहित बिरामी र कुरुवालाई बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा पठाइने व्यवस्था मिलाइएको कार्यक्रम संयोजक घिमिरेले बताउनुभयो ।
यौनरोगसम्बन्धी समस्या भएका महिलाहरूलाई यौनाङ्गको सरसफाइ र रोग निदान गर्न निःशुल्क औषधि र परामर्श प्रदान गरिएको बताइएको छ ।
उक्त शिविर सुदूरपश्चिमका अछाम र कञ्चनपुरमा सम्पन्न भएका छन् भने बाजुरामा एक हप्तापछि सुरु हुनेछ । यसैगरी पूर्वाञ्चलको सिरहा, सप्तरी, महोत्तरी र मध्यमाञ्चलको धनुषामा समेत सञ्चालन गरिने छ । देशभरिका सातवटा जिल्लामा दुईवटाका दरले शिविर सञ्चालन गरिनेछ । रासस
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login