फस्ट इम्पे्रसन साँच्चै प्रभावकारी


काठमाडौ, माघ १५  - भनिन्छ, 'फस्ट इम्प्रेसन इज द लास्ट इम्प्रेसन' । अर्थात्, तपाईंले कसैलाई भेट्दा जुन प्रभाव उसबाट पाउनु हुन्छ, त्यो कहिल्यै बदलिँदैन । कुनै पनि व्यक्तिले पहिलो प्रभावका आधारमै कसैमाथि आपmनो दृष्टिकोण बनाउँछन् । 

बिनाकुनै आधार मानिँदै आएको यो विषयलाई क्यानाडा, बेल्जियम र अमेरिकाका मनोवैज्ञानिकहरूको टोलीले स्थापित गरेको छ । अनुसन्धानपछि के साबित भएको छ भने फस्ट इम्प्रेसन साँच्चै नै लास्ट इम्प्रेसन हुन्छ । ती मनोवैज्ञानिकहरूका अनुसार जुनै व्यक्तिको पनि पछिल्लो अनुभवले अघिल्लो धारणाको विरोध गर्छ । तर अलिअलि मात्र, निमिटयान्न पार्ने गरी होइन । पहिलोचोटि परेको प्रभावले अन्य परिस्थितिमा आपmनो भूमिका खेल्दै जान्छ ।  

पहिलो प्रभावको बलियोपना जाँच्न उक्त टोलीले अनुसन्धानका सहभागीहरूलाई कम्प्युटरमार्फत कुनै एक व्यक्तिबारे सकारात्मक र नकारात्मक जानकारी दियो । पछि ती व्यक्तिबारे थप जानकारी दिइयो । नयाँ जानकारी पहिलेको भन्दा फरक थियो । सहभागीहरूलाई नयाँ जानकारी दिइराखेका बेला उनीहरूमा विशेष परिस्थितिमा पर्ने प्रभाव जान्न मनोवैज्ञानिकहरूले कम्प्युटर स्त्रिmनको ब्याकग्राउन्ड कलर परिवर्तन गरे । अनि सहभागीहरूको प्रतिक्रिया बुझे । उक्त व्यक्तिबारेको नयाँ जानकारीले सहभागीलाई कम्प्युटरको ब्याकग्राउन्ड कलर बदलेपछि मात्र प्रभाव गर्‍यो । उनीहरूमा पहिलो जानकारीको प्रभाव अन्तिम समयसम्म रहिरह्यो । 

उक्त टोलीका प्रमुख गेवरोस्की भन्छन्, 'हाम्रो अनुसन्धान पहिलो प्रभावको बलियोपनालाई मान्छ ।' केही परिस्थितिमा भने पहिलो प्रभाव परिवर्तितसमेत हुन्छ, विशेष गरी हाम्रो परिस्थिति परिवर्तित हुँदै गएर पहिलो प्रभावले बिस्तारै शक्ति गुमाउँदै गएपछि । यस्तो बेला पछिल्लो प्रभावले आपmनो ठाउँ बनाउँछ । यो अनुसन्धानले क्लिनिकल समस्याको उपचारमा समेत सहयोग मिल्ने गेवरोस्की बताउँछन् ।

रातो पहिरनले तान्नुस् साथीलाई

तपाईं आपmनी महिला मित्रलाई बढी प्रभावित पार्न चाहनुहुन्छ भने रातो रङको पहिरन लगाउनुस् । हालैको अध्ययनले के दाबी गरेको छ भने रातो रङले महिलालाई बढी अपिल गर्छ । सामान्यतः यो रङको नाता महिलासँगै हुने मानिन्छ तर जर्मनीका अनुसन्धानकर्ताहरूले पुरुषमा समेत यही कुरा लागू हुने तथ्य पहिलोपटक पत्ता लगाएका छन् । युनिभर्सिटी अफ म्युनिख र युनिभर्सिटी अफ रोचेस्टरका अनुसन्धानकर्ताहरूका अनुसार रातो रङले महिलालाई मात्र सेक्सी देखाउँदैन, पुरुषलाई पनि मोहक बनाउँछ । यौन र रातो रङबीचको सम्बन्ध महिला र पुरुषमा बराबरी हुन्छ ।

 source:kantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login