एक वर्षमा साढे चार लाख विद्यार्थीले छाडे पढाइ


शैक्षिक सत्रको सुरुवातमा भर्ना अभियान चलाएर विद्यालयसम्म ल्याए पनि उनीहरूको पढाइ नियमित गराउने कुनै कार्यक्रम छैन


काठमाडौं१७  माघसरकारले सबैका लागि शिक्षा अभियान चलाइरहेको वेला एक वर्षमा करिब साढे चार लाख विद्यार्थीले बीचैमा पढाइ छाडेका छन् । सरकारले शैक्षिक सत्रको सुरुमा भर्ना अभियान चलाएर विद्यालयसम्म ल्याए पनि विद्यार्थीको पढाइ नियमित गराउने कुनै कार्यक्रम छैन ।
शिक्षा विभागले तयार पारेको सन् ०१०/११ को तथ्यांकमा चार लाख ६४ हजार एक सय ४८ जनाले बीचमै पढाइ छाडेको उल्लेख छ । सरकारले शिक्षामा गरेको लगानीको ६० प्रतिशत विद्यालय तहमै खर्च हुने गरेको छ ।
विभागको तथ्यांकअनुसार बीचैमा पढाइ छाड्नेहरू सबैभन्दा बढी कक्षा एकका छन् । कक्षा एकमा मात्र एक लाख २१ हजार आठ सय ३२ विद्यार्थीले बीचमै पढाइ छाडेका छन् । त्यस्तैकक्षा दसमा ११.१ प्रतिशत अर्थात् ४० हजार पाँच सय ६६ विद्यार्थीले पढाइ छाडेका छन् ।
कक्षा दुईमा ५२ हजार १८तीनमा ३९ हजार ६ सय ९२चारमा तीस हजार नौ सय एक र पाँचमा ४८ हजार ८८ जनाले पढाइ छाडेका छन् । प्रावि तहमा पढाइ छाड्नेको प्रतिशत ६ छ ।
कक्षा ६ मा ३४ हजार पाँच सय ५८सातमा ३१ हजार पाँच सय ७९आठमा ३६ हजार ६ सय ६३नौमा २८ हजार दुई सय ७१ र दसमा ४० हजार पाँच सय ६६ जनाले बीचमै पढाइ छाडेको तथ्यांकमा देखाइएको छ ।
शिक्षा विभागका अनुसार बीचैमा पढाइ छाड्ने विद्यार्थीमा सबैभन्दा बढी मनाङमुस्ताङजुम्लाखोटाङ,बझाङमुगुडोल्पारसुवासोलुखुम्बुहुम्लासिन्धुपाल्चोकनुवाकोटताप्लेजुङ,
तेह्रथुम र पर्वतका छन् । यी जिल्लामा नौ प्रतिशतसम्मले बीचैमा पढाइ छाडेका छन् ।
पढाइ छाड्नेमा सबैभन्दा कम भने काठमाडौंझापाचितवनबर्दियाकास्कीदार्चुलामोरङसुर्खेतबाँके र दाङका विद्यार्थी छन् ।
यसैगरीबीचमा पढाइ छाड्नेमध्ये छात्र बढी छन् । छात्राको प्रतिशत ५.९ छ भने छात्रको प्रतिशत ६.१ रहेको छ ।
विभागका अनुसन्धान तथा तथ्यांक शाखाका उपसचिव शंकर थापाले छात्रा लक्षित उत्प्रेरणा कार्यक्रम धेरै भएकाले बीचमा पढाइ छाड्ने छात्राको प्रतिशत कम भएको हुन सक्ने बताए । उनले भने, 'छात्रको ड्रपआउट किन धेरै छ भनेर अनुसन्धान त भएको छैनतर प्रावि तहमा छात्रालाई छात्रवृत्तिदेखि धेरै सुविधा भएकाले धेरैले नियमित पढेका हुन सक्छन् ।'
शिक्षा विभागका निर्देशक डिल्लीराम रिमालले 'ड्रपआउटहुनुको विभिन्न कारण रहेको बताए । उनले कतै पारिवारिककतै महिला शिक्षक नभएकोकतै भौतिक सुविधा नभएकोलगायत कारणले विद्यार्थीले बीचमै पढाइ छाड्ने गरेको बताए ।
शिक्षविद् प्रा.डाविद्यानाथ कोइरालाले बीचैमा पढाइ छाड्ने विद्यार्थीको संख्या कम गर्न शिक्षकको महत्त्वपूर्ण भूमिका रहने बताए । 'बच्चा विद्यालय आएन भने शिक्षकलेअभिभावकसँग छलफल गर्न सक्छआर्थिक अभाव रहेछ भने कसरी जुटाउन सकिन्छ भनेर बाटो देखाउन सक्छ,' कोइरालाले भने, 'शिक्षकबाट उम्केर गयो भने स्थानीय सरकार वा सरकारकै तलब खाएर बस्ने स्रोतव्यक्तिले जिम्मेवारी पूरा गर्नुुपर्छ ।'

source:-nayapatrika
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login