पयर्टकलाई घोंगी र चिचर


मैघौली -चितवन, माघ १७  - स्थानीय थारू समुदायको घरमा बेमौसममा चाडको माहोल छ ।  दसैं- तिहारका परिकार बनाउने चटारो छ । हिउँद भएकाले खाल्डाखुल्डीमा पानी छैन । घोल सुकेका छन् । तै पनी थारू खानाको विशेषता भएकाले डुलेरै घोंगी बटुल्ने गरिएको छ । गत शुक्रबार स्थानीय विकास अधिकारी उद्धव तिमिल्सिनाले घोंगी चाखेपछि भने, 'ल्वाप्प, ल्वाप्प खाइरहुँ जस्तो लाग्यो ।'

साँझ-बिहान खानामा चिचर -अन्धीको भात) र घोंगीका अलवा माछा, हांसको मासु, सागपात समावेश छ । बिहान 'ब्रेकफास्ट'मा तिहारमा पकाइने सोझुवा रोटी -ढिक्री) र नुन खुर्सानीको धूलो व्यवस्था हुन्छ । कालो चिया दिइन्छ । 

'हराइसकेका परिकार पनि उपलब्ध छन्,' एक नम्बर होमस्टे सञ्चालक सोमलाल महतोले भने, 'परम्परा जोगिने, कमाइ पनि हुने ।' पयर्टकीय होटलको अनुभव पछि यिनले होमस्टे चलाएका छन् । 

पयर्टकका लागि दुईवटा कोठा तयार गरेका छन् । शौचालय, धारा, सफा भान्साको व्यवस्था छ । सबै होमस्टेले यो मापदण्ड पुर्‍याएका छन् । सोमलालले अहिलेसम्म अमेरिका, नेदरल्यान्ड र क्यानडाका पर्यटकलाई यी खानाको स्वाद चखाइसकेका छन् । 'धेरै नेपाली पनि आइसके,' उनले भने, 'झर्रो पिरो खाना 

रुचाउँछन् ।' जनजातिबाहेकले पनि घोंगी रुचाउने गरेका छन् । खानाका साथ दिइने स्थानीय खाद्यान्नको मदिरा स्वदेशी/विदेशी दुवैले रुचाउने गरेको उनले बताए । 'मात्नेगरी दिँदैनौ,' उनले भने, 'त्योबिना खाना अधुरो हुन्छ ।'

मेघौली-५ मा पहिलोपटक थारू समुदायले १० वटा होमस्टे सञ्चालन गरेका छन् । शुक्रबार सोमलाल, जीवनराम, ठगनी, बुद्धिराम र मायाराम महतोले गृहवास -होमस्टे) सञ्चालन प्रमाणपत्र प्राप्त गरेका छन् ।  होमस्टेको पर्यटन उद्योग महाशाखाले नियमन गर्न थालेपछि राजधानी बाहिर प्रमाणपत्र पाउने यिनीहरू पहिलो हुन् । होमस्टेको पर्यटन बोर्डका उच्च पदाधिकारीले अवलोकन गरेका छन् । 

सञ्चालकका अनुसार यहाँ आउने पर्यटकलाई एकै ठाउँमा भेला गरेर झम्टा, फगुवा र झुमरा जस्ता थारू नृत्य देखाइन्छ । गाउँ भ्रमण, गाडा भ्रमण र हात्ती सफारी प्रदान गरिन्छ । 'स्थानीय डुंगामा सफारी व्यवस्था छ,' अर्का सञ्चालक आशाराम महतोले भने, 'यसले थारू पुस्तालाई नै आफ्नो संस्कृति संरक्षणमा सचेत बनाएको छ ।' उनले होमस्टे सञ्चालनको काम गरेको डेढ महिना पुगेको बताए । 

'छुट्टै घर बनाउँदै छु,' उनले भने, 'पुरानो घरमा सुविधा थप्नमात्रै ७० हजार लाग्यो ।' सापटी र बेचबिखन गरेर लगानी गरेको बताए । पाहुनाको स्वागत र खानपानका लागि खटिँदा झन्झट नलाग्ने बताए । लामो समयदेखि पर्यटक डुलाउँदै आएका उनले चितवन निकुञ्जभित्रको चुरिया क्ष्ाेत्रमा 'ट्रेकिङ' का  लागि लैजाने गरेको बताए । सामाजिक कार्यकर्ता भएकाले थारू संस्कृतिबारे अध्ययन गर्न आउने उनकोमा बस्छन् । 

सञ्चालकका अनुसार होमस्टेमा बासका लागि विदेशीलाई कोठाको ३ सय र खानाको २ सय रुपैयाँ लाग्छ । नेपालीलाई कोठाको २ सय र खानाको १ सय ५० रुपैयाँ तोकिएको छ । 

यीबाहेक सफारी, भ्रमणजस्ता प्याकेज कार्यक्रमको सुविधा लिन चाहनेले अतिरिक्त पैसा तिनुपर्ने जीवनराम महतोले बताए । 'आफ्नै पोसाकमा कलश, टीका र फूलले स्वागत गछौर्ं,' उनले भने, 'थारू एकजुट छौं ।'

source:-kantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login